• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 07:11 pm

माधव नारायणको परदेश यात्रा पशुपतिमा (फोटोफिचर)

काठमाडौं । एक महिने मेलामा तीन चरणमा हुने माधव नारायणको परदेश यात्रा अन्तर्गत आज स्वस्थानी र माधवनारायणका व्रतालुहरुले काठमाडौंको पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । साँखुस्थित शालीनदीबाट खालि खुट्टा हिँड्दै पशुपतिनाथ मन्दिर आएकाहरुले पशुपतिनाथको दर्शन गरेका हुन् ।

उनीहरु आजै साँझ फर्पिङ जान्छन् । फर्पिङमा बास बसेर भोलिपल्ट फेरि शालीनदी नै फर्किन्छन् । त्यसको केही दिनपछि उनीहरु चाँगुनारायणको दर्शन गर्न आउने छन् । नारायणलाई बिभिन्न स्थानको दर्शन गराउने काम तिथिअनुसार हुन्छ । यसलाई माधव नारायणको ‘परदेश यात्रा’ भनिन्छ । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि ‘परदेश यात्रा’ सुरु गर्छन् । माघ शुक्ल प्रतिपदामा परदेश यात्रा सकिन्छ ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात द्रोण नवमीका दिन व्रतालुलाई खीर खुवाउने प्रचलनसमेत छ । स्वस्थानीका व्रतालु महिलाहरुले रातो र माधवनारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ । व्रतालुले मन्त्रोच्चारण गरी शंखजल ग्रहण गरेपछि कसैलाई पनि छुन नहुने र जुत्ता लगाउन नहुने परम्परा छ । माधवनारायणका व्रतालुहरु खालि खुट्टा हिँड्ने र घस्रिँदै मन्दिरसम्म पुग्ने परम्परा छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शिवरात्री नजिकिँदा पशुपतिका सादुहरुको असन्तुष्टि (फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

काठमाडौं । प्रत्येक वर्ष मनाइने शिवरात्रीको तयारी यसवर्ष पनि देशभरका शिवालयहरुमा सुरु भइसकेको छ । हिन्दू धर्मावलम्विहरुको लागि महत्वपूर्ण

मनाङ र मुस्ताङमा हिउँ परेपछि...(फोटोफिचर)

  • ९ फाल्गुण, २०७५

पाल्पा । हिमाली जिल्लाहरुमा परेको हिमपातका कारण यतिबेला जनजीवज कष्टकर बनेको छ । जनजिवन कष्टकर भएपनि विभिन्न जिल्लाहरुबाट हिउँ खेल्नका लागि हिमाली

बौद्धको सडक : कति धेरै धुलो (फोटोफिचर)

  • ८ फाल्गुण, २०७५

काठमाडौं । सडक निर्माणका स्थानीयबासीले चरमवद्ध विरोध र ध्यानर्षकण गराउँदा पनि अझै बन्न सकेको छैन चावहिल–बौद्ध जोरपाटी सडकखण्ड । बारम्बारको