• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मोतियाविन्दुको शल्यक्रियासम्बन्धी सम्झौता

तुलसीपुर । मोतियाविन्दुरहित उपमहानगरपालिका बनाउने अभियान यहाँ पहिलोपटक शुरु भएको छ । यसका लागि आँखा जाँच र आँखा शिविर सञ्चालन गर्न यहाँको आँखा अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच सोमबार सम्झौता भएको छ । 

जिल्लामा रहेका १० स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले ‘मोतियाविन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता गरेको हो ।

सङ्घका अध्यक्ष कृष्णकुमार गिरी र नगरप्रमुख घनश्याम पाण्डेबीच सो सम्बन्धी सम्झौता भएको स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दहालले जानकारी दिए । 

आर्थिक वर्ष २०७५/७६ बाट सञ्चालन हुने कार्यक्रमअन्तर्गत आगामी पाँच वर्ष्भित्र १९ वटै वडामा आँखा जाँच गरी उक्त रोगका बिरामीको शल्यक्रिया गर्ने सहमति भएको नगरप्रमुख पाण्डेले जानकारी दिए । सो कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकाले यस आर्थिक वर्षमा  १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

मोतियाविन्दुलाई स्थानीय सरकारको सहयोगविना हटाउन र दृष्टिविहीनताको व्यापकतालाई न्यूनीकरण गर्न सम्भव नभएकाले साझेदारी कार्यक्रम सञ्चालन गरेको सङ्घका सभापति गिरीले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर