• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

को हुन् ‘भ्यालेनटाइन डे’ सिंगललाई सित्तैमा चिया खुवाउने भाइरल युवक ?

के तपाई पनि सिंगल हुनुहुन्छ ? यस मौकाको फाइदा उठाउनुहोस् 

 

एजेन्सी । विशेषगरी जोडी(प्रेमी–प्रेमिका)को दिन भनेर चिनिने ‘भ्यालेन्टाइन डे’मा अब सिंगल व्यक्तिका लागि पनि रमाइलो दिन साबित हुने भएको छ । एक युवकले यस दिन  सिंगलहरुलाई सित्तैमा चिया खुवाउने घोषणा गरेपछि चर्चामा आएका छन् । 

प्रफुल बिलोर नामक एक युवा भारतको अहमदाबादका हुन् । उनी यहाँ एक चियापसल संचालन गर्दै आएका छन् । 
‘एमबीए चायवाला’ नामको चिसा पसल सञ्चालन गरिरहेका छन् । 

उनले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम ‘फ्रि चाय फर सिंगल्स’ राखिएको छ । 

उक्त फेसबुक पेजमा लेखिएको छ, ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’ 

यसबारे जानकारी दिँदै चिया पसल संस्थापक बिलोर भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ र ? सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर