• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भेनेजुएलाबारे बाेलेर संकटलाई निम्ताे दिइयाे (भिडियोसहित)

काठमाडौं । परराष्ट्रविद् रमेशनाथ पाण्डेले भेनेजुएलाको बिषयमा नेपालको चासो हुन नपर्ने कुरामा नेपालले बोलेको टिप्पणी गरेका छन् । समाचारदैनिक डटकमको कुराकानीमा उनले भेनेजुएलाको बिषयमा नेपालले मुख खोलेर संकटलाई निम्ता गर्ने वा संकटलाई भयावह बनाउने प्रवृति देखा परेको समेत बताए ।  बिभिन्न देशमा आएको संकटको उदाहरण दिदै उनले नजिकको देशका बारे नबोल्ने तर  भेनेजुएलाका बारेमा बोल्नु उपयुक्त नभएको बताए । 

उनले भने, 'भेनेजुएलाप्रति नेपालको चासो के हो , त्यस मामिलमा बोल्नुपर्ने कारण के ? दक्षिण एशियाली देशमा कसैले नबोलेको अबस्थामा नेपालले बोल्दा , नेपालको हैसियत के ?'

नेपालको परराष्ट्रनीति र छिमेक नीतिमा पनि सरकार असफल रहेको भन्दै उनले नेपालले राष्ट्रिय हितलाई मध्यनजर गर्दे आफ्नो धारणा बनाउनुपर्ने बताए । बिदेश मामिलामा मुलुकको एउटै भनाई हुनुपर्नेमा सरकारका प्रवक्ताले पार्टी र सरकारको भनाई फरक हो भन्नु मुर्खता बाहेक केही नभएको उनले बताए ।  त्यस्तै उनले विश्वको राजनीति ध्रविकृत हुदै गएको उल्लेख गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर