• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रचण्ड एक्कासी किन पुगे सुकुटे ?

तस्बिर : गोविन्द पाठकको फेसबुकबाट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपालचोकस्थित सुकुटे पुगेका छन् । सिन्धुपाल्चोक जिल्लाको कुबिन्डेस्थित सेतिदेवी पञ्चकन्या माविको ४२ औं वार्षिकोत्सव कार्यक्रममा भाग लिनका लागि प्रचण्ड आज बिहान त्यहाँ पुगेका हुन् । 

उनी केहीबेर सुकुटेमा पनि झरेका थिए । सुकुटेमा उनी लगायतको टिम खाना खानका लागि अाेर्लिएकाे थियाे । अध्यक्ष प्रचण्ड शारिरिक तथा मानसिक तनाव बढेपछि सिन्धुपाल्चोकस्थित सुकुटे बीच पुग्ने गरेका छन् । तर, आज उनी त्यहाँ आराम गर्ने उद्देश्यले भने पुगेका होइनन् । सेतिदेवि पञ्चकन्या माविको वार्षिकोत्सवमा भाग लिन त्यहाँ पुगेका अध्यक्ष दाहाल केही दिनदेखि बिरामी परेका थिए । धेरैले रिफ्रेस हुन सुकुटेको पुगेको हुनसक्ने अनुमान लगाएपनि उनी त्यहाँ विद्यायलको वार्षिक उत्सवमा सहभागि हुन गएका हुन् । 

पछिल्लो समय भेनेजुएलाबारे अध्यक्ष दाहालले जारी गरेको विज्ञप्ति विवादमा तानिएपछि उनी तनावित छन् । कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सांसद अग्निप्रसाद सापकोटा लगायत अन्य नेताहरु पनि सहभागि भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर