रागिनीको ‘धर्ती’ सार्वजनिक 

काठमाडौं । चित्रकला क्षेत्रका परिचित कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायको ‘धर्ती’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा शिवाता लभ फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले भिडियो विमोचन गरेकी हुन् । 

गीति एल्बम ‘रङ–रागिनी’ मा रहेका ‘म धर्ती हुुँ, र म धर्ती आमा नेपाल’ को भिडियो प्रदर्शन तथा समीक्षात्मक कार्यक्रम भएको फाउन्डेसनले जनाएको छ । गीतमा शब्द, लय तथा संगीत निकै सुन्दर र आकर्षक रहेको कलाकार तथा फाउन्डेसनका सचिव नगेन्द्रप्रसाद पौड्यालले बताए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनाली, गीतकार तथा चलचित्रकर्मी यादव खरेल, म्युजिक निर्देशक बुलु मुकारुङ, भिडियो निर्देशक कृष्णदेव रुपाखेती, गायिका बानिका प्रधान, छायांकार मुकेश हुमागाईँ, भिडियो एडिटर प्रवेश तण्डुकार लगायत कला र साहित्य क्षेत्रका विविध विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर