• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कर्णालीका दुःख, राजमार्गका पुल जीर्ण बन्दै

जुम्ला । लामो समयसम्म निर्माणमा ध्यान नदिँदा कर्णाली राजमार्गअन्तर्गतका फलामे पुल (बेलिब्रिज) जीर्ण बन्दै गएका छन् । फलामे पुलको आयु पाँचदेखि आठ वर्षसम्म हुने भए पनि १४ वर्ष पुराना त्यस्ता पुलमा अहिले पनि सवारी साधान गुड्दैछ । लामो समयदेखि पुलमा निरन्तर गाडी गुड्ने र माटो थुप्रिएकाले पुलका सबै फलामे डण्डी खिएका छन् । राजमार्गअन्तर्गतको कालिकोट र सेरीघाट तिलानदी माथिको पुल र जुम्ला र कालिकोट सिमानामा पर्ने हिमा नदीमाथिको फलामे पुल जीर्ण छ भइसकेको छ । पुलमा कसिएका कतिपय नट झरिसकेको अवस्थामा पनि गड्ने गाडीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । 

रारा आउने आन्तरिक र बाह्य पर्यटक पनि यो पुलको अवस्था दयनीय भइसकको बताउँछन् दिनहुँ कर्णाली राजमार्ग भएर आउने उनीहरू पुलको अवस्था देखेर भयभित हुन्छन् । तिला कर्णाली यातायात प्रालीका सचिव लक्ष्मीबहादुर रोकायाका अनुसार पक्की पुल नबनेको र फलामे पुलको आयु पनि सकिसकेको छ तर पनि गाडी गुडाउन बाध्य छौँ । उक्त राजमार्गअन्तर्गत अन्य दुई दर्जन पुल पनि अलपत्र हुँदा पनि कसैको चासो नरहेको उनको गुनासो छ । 

यस राजमार्गमा त्रासमै चालकले सवारी साधन चलाइरहेका छन् । किला–काँटा फुस्किएर फलामे पुल जीर्ण भइसक्दा पनि पुलमाथि गाडी गुडाउनुपरेको चालक राजबहादुर रावलले बताए । सडक डिभिजन कार्यालयका प्रमुख माधव अधिकारीका अनुसार यहाँका केही पुल निर्माण भइसकेका छन् भने केही पुल निर्माणाधीन अवस्थामा छन् । उनले भने, ‘फलामे पुल त जीर्ण अवस्थामा छन नै्, यस्ता पुलको आयु पाँचदेखि आठ वर्षसम्म मात्र हुन्छ तर पनि १४ वर्षसम्म त्यही जीर्ण पुलमाथि गाडी गुडेका छन् । पक्की पुल निर्माणका लागि जिम्मेवारी दिएका ठेकेदारलाई ताकेता गरिरहेका छौँ कतिपय ठेकेदारलाई कालोसूचीमा पनि राखियो तै पनि काम छिटो छरितो हुन सकेको छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर