• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:41 pm

बाँडफाँड हुँदै आशा लघुवित्तको आइपीओ

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक  प्रभु क्यापिटलका अनुसार आज दिउँसो ३ बजे कम्पनीको सेयर बाँडफाँड हुनेछ । 

क्यापिटलका अनुसार लघुवित्तको आइपीओ १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ जनालाई मात्र बितरण गरिनेछ ।

क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा कुल ३ लाख ९ हजार ७८२ आवेदन परेको थियो । जसमध्ये ६७७ वटा आवेदन रद्ध भएका छन् । बाँकी बैद्य ३ लाख ९ हजार १०५ आवेदकमध्ये  ६२ हजार ९९३ जनाले मात्र आइपीओ प्राप्त गर्नेछन् । त्यस्तै २ लाख ४६ हजार ११२ आवेदकले आशा लघुवित्तको सेयर नपाउने भएका हुन् । 

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।

कम्पनीमा माग गरेभन्दा करिब २० गुणा बढी आवेदन परेको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Rajendra prasad tuladhar लेख्नुहुन्छ २५ माघ, २०७५ ११:०१ pm

तपाईँको मत

असन्तुलित सेयर बजार : सुचक झिनो अंकले बढ्दा अर्ब पनि पुगेन कारोवार

  • ११ फाल्गुण, २०७५

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको सेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता

सात लघुवित्तको साढे २३ करोडको आइपीओ आउँदै (कसको कति)

  • ११ फाल्गुण, २०७५

काठमाडौं । पछिल्लो समय दोस्रो बजार निरन्तर घटिरहेको छ । दोस्रो बजारमा भएको लगातारको गिरावटको समयमा प्राथमिक सेयरमा लगानीकर्ताको अलि बढि नै आकषर्ण

मनै लोभ्याउने ‘रुवालुङ’ झरना

  • ११ फाल्गुण, २०७५

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल भुलभूले दूधकुण्डबाट करीब एक किलोमिटर माथी प्राकृतिक रुपले भरिपूर्ण जङ्गलको फेदमा मनै लोभ्याउने ‘रुवालुङ’