बाँडफाँड हुँदै आशा लघुवित्तको आइपीओ
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज दिउँसो ३ बजे कम्पनीको सेयर बाँडफाँड हुनेछ ।
क्यापिटलका अनुसार लघुवित्तको आइपीओ १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ जनालाई मात्र बितरण गरिनेछ ।
क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा कुल ३ लाख ९ हजार ७८२ आवेदन परेको थियो । जसमध्ये ६७७ वटा आवेदन रद्ध भएका छन् । बाँकी बैद्य ३ लाख ९ हजार १०५ आवेदकमध्ये ६२ हजार ९९३ जनाले मात्र आइपीओ प्राप्त गर्नेछन् । त्यस्तै २ लाख ४६ हजार ११२ आवेदकले आशा लघुवित्तको सेयर नपाउने भएका हुन् ।
लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो ।
कम्पनीमा माग गरेभन्दा करिब २० गुणा बढी आवेदन परेको थियो ।
प्रतिकृया दिनुहोस