• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 07:03 pm

जापानमा उपचारको क्रममा २ नेपालीको निधन

टोकियो । केहि दिन अघि सडक दुर्घटनामा परि एक नेपालीको मृत्युको  खबर सेलाउन नपाउदैँ फेरि दुई जनाको उपचारको क्रममा निधन भएको छ । 

जापानमा ब्रेन ट्युमरबाट पिडित सुत्केरी महिलाको निधन भएको छ । जापानको नागोयामा उपचारत म्याग्दीकी प्रमिला दर्जीको उपचारको क्रममा निधन भएको हो । एक महिनाकी सुत्केरी दर्जीका बच्चाको अबस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । ब्रेन ट्युमरको उपचारको लागी रकम संकलनको काम पनि भईरहेको थियो । बिहिबार साँझ उनको अस्पतालमा निधन भएको हो । 
 
यस्तै, बाग्लुंगको गलकोटका २० बर्षिय युवकको पनि उपचारको क्रममा निधन भएको छ । ईन्फ्लुएन्जाका कारण बिरामी परेका अर्विन बोहराको निधन भएको हो । जापानको साईतामाको अस्पतालमा उपचारको क्रममा निधन भएको गलकोट समाज जापानका अध्यक्ष दिलु खत्रीले जानकारी दिएका छन् । जापानमा उनि परिवार संगै बस्दै आएका थिए । उनको जापानमै आईतबार अन्तिम दाहसंस्कार गरिने भएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एनआरएनए जापान १५ औं बर्षमा प्रवेश

  • २९ माघ, २०७५

टोकियो । एनआरएनए जापान स्थापनाको १४ वर्षपूरा गरी १५ औँ बर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापनाको १५ औँ बार्षिक उत्सवको अबसरमा एनआरएनए जापानले

सडक दुर्घटना परि जापानमा एक नेपालीको मृत्यु

  • २२ माघ, २०७५

टोकियो । जापानमा भएको सडक दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । जापानको साईता केनमा बाटो काट्ने क्रममा म्याग्दीका माइकल गौचनको मृत्यु भएको हो

ब्रेनट्युमर पीडितलाई सहयोग 

  • १८ माघ, २०७५

जापान । जापानमा ब्रेनट्युमरका कारण सिकिस्त एक म्याग्देली चेलीको उपचारका लागि जापानमा रहेका म्याग्देलीले आर्थिक सहयोग अभियान सञ्चालन गरेका छन्