• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

जापानमा उपचारको क्रममा २ नेपालीको निधन

टोकियो । केहि दिन अघि सडक दुर्घटनामा परि एक नेपालीको मृत्युको  खबर सेलाउन नपाउदैँ फेरि दुई जनाको उपचारको क्रममा निधन भएको छ । 

जापानमा ब्रेन ट्युमरबाट पिडित सुत्केरी महिलाको निधन भएको छ । जापानको नागोयामा उपचारत म्याग्दीकी प्रमिला दर्जीको उपचारको क्रममा निधन भएको हो । एक महिनाकी सुत्केरी दर्जीका बच्चाको अबस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । ब्रेन ट्युमरको उपचारको लागी रकम संकलनको काम पनि भईरहेको थियो । बिहिबार साँझ उनको अस्पतालमा निधन भएको हो । 
 
यस्तै, बाग्लुंगको गलकोटका २० बर्षिय युवकको पनि उपचारको क्रममा निधन भएको छ । ईन्फ्लुएन्जाका कारण बिरामी परेका अर्विन बोहराको निधन भएको हो । जापानको साईतामाको अस्पतालमा उपचारको क्रममा निधन भएको गलकोट समाज जापानका अध्यक्ष दिलु खत्रीले जानकारी दिएका छन् । जापानमा उनि परिवार संगै बस्दै आएका थिए । उनको जापानमै आईतबार अन्तिम दाहसंस्कार गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर