आशा लघुवित्तको आइपीओ बाँडफाँड, तपाईलाई पर्यो कि परेन ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । शुक्रबार भएको बाँडफाँडमा धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार ६२ हजार ९९३ आवेदकले गोलाप्रथाद्धारा १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । 

बिक्री प्रबन्धकका अनुसार आशाको सेयरमा कुल ३ लाख ९ हजार ७८२ आवेदकले आवेदन दिएकामध्ये वैद्य ३ लाख ९ हजार १०५ आवेदक गोलाप्रथामा सहभागी गराइएको थियो । जसमध्ये २ लाख ४६ हजार ११२ लगानीकर्ताले कम्पनीको सेयर नपाउने भएका हुन् । 

कम्पनीको सेयरमा आवेदन दिएका ६७७ आवेदकले दिएको ३२ हजार ९ सय कित्ता सेयर भने रद्द भएको छ । 

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । 

हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको आशाको आइपीओ बिक्री पश्चात चुक्तापूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर