• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

यति बेला प्रचण्डले किन गरे अर्को लडाइको कुरा ? (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म र भावना विपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन् । 

काठमाडौंमा जिल्ला समन्वय समिति रुकुम –पश्चिम) द्वारा आयोजित न्यायिक समिति : कार्यविधि र प्रकृया, पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानलाई आत्मसात गरेर संविधानको मर्म अनुसारको ऐन बनाउने कुरा र ऐनलाई इमान्दारिताका साथ प्रयोग गर्नेमा, उपेक्षित र विभेदमा पारिएकालाई सन्तुष्टि दिने कुरा, उनीहरुलाई आफु अब यो देशको मालिक बनियो भन्ने कुराको अनुभुति दिने कुरालाई कसैले हल्का रुपमा लिन्छ भने त्यसले दुर्भाग्य निम्त्याउछ ।’

उनले थपे विस्तारै विस्तारै माओवादीलाई सिध्याइयो भन्ने ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुने छ । अर्को माओवादी जन्मिन्छ, झन ठुलो लडाइ हुने खतरा आउँछ । ’ उनले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले ठूल–ठूला राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाट मात्रै सम्भव तुल्याएको भन्दै विकास समृद्धि र सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्ने कुरा पनि राष्ट्रिय सहमतिबाट मात्रै हासिल गर्न सकिने बताए ।

उनले भने,‘ अहिले पनि सहमतिको वातावरण आवश्यक छ, राष्ट्र र जनताको समृद्धिका लागि र परिवर्तन संस्थागत गर्नका लागि । ’पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर