• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 09:20 pm

‘जेल गएको दिन मैले पुनर्जन्म पाएँ’

एक कैदीको कहानी जसले जेल सजायलाई ‘समयको उपहार’ मानिन् 

धेरैजसो मान्छेलाई जेल सजाय पाउनु जीवनको सबैभन्दा खराब अनुभव हुनसक्छ, तर जब घरेलु हिंसा भोगेका महिलाको अनुभव सुन्नुहुन्छ अधिकांश महिलाहरुको अनुवभ केही फरक पाउन सक्नुहुन्छ । यो यस्तै एक महिलाको कहानी हो जो घरेलु  हिंसा पिडित छिन् अनि उनी जेल सजाय पाउँदैछिन् । 
.........

न्यायधिशको जेल जाने आदेश कुरेर उभिरहेकी लिली लुइस आफ्नो हाँसो थाम्न सकिरहेकी छैनन् । उनलाई थाहा छैन किन । उनी अत्तालिएकी पनि होइनन् र त्यहाँको अवस्था त्यस्तो हाँसो लाग्दो पनि थिएन । लिलीको वकिलले उनलाई अब ८ वर्षको जेल सजाय हुनसक्ने बताइरहेका थिए ।  

तर, पनि उनका लागि अदालतको फैसला असत्य लागिरहेको थियो, एक विशाल, विस्तारित जोक जस्तै । आफ्नो कोटको कठालो बनाउँदै प्रत्येक पटक अभियोजकको पक्षका वकिल उनको अगाडी उभिन्थे । उनका लागि यो बेतुक लागिरहेको थियो ।  

लिलीको छेउमा उनका एक सह–प्रतिवादी रोइरहेका थिए । ‘मलाई डर लागिरहेको छ’ उसले लिलीलाई भन्यो । लिलीले उसलाई शान्त पार्ने प्रयास गरिरहेकी थिइन्, तर ऊ कोसँग डराइरहेका थिए भन्ने देखिएन । 

बाहिर लिलीका लागि नारा लगाइँदै थियो । लिली घरेलु हिंसाको शिकार भएकी थिइन् । उनी मदिराको लतमा नराम्ररी फँसिन् र धेरै पटक आत्महत्याको प्रयास पनि गरिन् । 
लिली सोच्थिन्, ‘उनी जेलमा त्यस्ता मान्छेबाट सुरक्षित रहनेछिन्, जसले उनलाई पिट्ने र बारम्बार बलात्कार गर्ने गर्थ्यो, त्यस्तो प्रेमी जसले उसलाई बन्दुकले ताकेर धम्की दिने गर्थ्यो । 

उनका छोराछोरीलाई उनीबाट टाढा लगिसकिएको थियो, छोराछोरीको विछोडले उनलाई निर्ममता पूर्वक जकडेको थियो । अब गुमाउनका लागि उनीसँग थियो नै के र ? उनले मनमनै सोचिरहेकी थिइन्, ‘मलाई जेल चलान गर्नुहोस्, म जान तयार छु’ । 

त्यो दिन उनलाई जेल सजाय सुनाइयो । दोषी प्रमाणित भएपछि उनले पहिलो पटक एक साता प्रहरी हिरासतमा बिताइन् । लिली खैरो रंगको जेलको कपडामा बसिरहेकी थिइन् र उनले एकै खाले दिनचर्यामा समय बिताउनु कति सजिलो होला भनी सोचिरहेकी थिइन् । उनले निश्चय गरेकी थिइन्, यो पक्कै स्कूल पढ्दाको समय जस्तै होला । 

‘सात वर्ष’ न्यायधीशले उनलाई भन्यो । षड्यन्त्र गरेको र ठगी गरेको आरोप उनीमाथि लागेको थियो । लिलीको अनुहारबाट मुस्कुराहट हराएको थिएन । ‘धन्न ८ वर्ष भनिएन’, उनले सोचिन । 

प्रहरी हिरासतबाट जेल जानका लागि उनलाई भ्यानमा राखिएको थियो । अन्य कैदीले जेलका गार्डलाई भन्दै थिए, ‘मिस, कति टाढा छ मिस ? मलाई ट्वाइलेट आवश्यक छ मिस’ । उनले आफ्नो ४ सन्तानको बारेमा मात्रै सोचिरहिन् । उनीहरु आमा विना यति लामो समय कसरी बिताउँलान् ? अगाडी के हुन्छ ? उनले सोचिन्, उनले कहिले पाउँछिन् आफ्नो वर्दी ? जेलमा के रोजगार गर्लिन् ? 

लिली फेरी हाँस्न थालिन्, यस पटक पनि किन हाँस उठ्यो थाहा भएन उनलाई । भ्यान भित्रैबाट लिलीले धन्यवादका साथ भगवानलाई पुकारिन्, ‘तपाईले यो समय दिनुभयो’, उनले सोचिन्, ‘म के गर्न गइरहेको छु ?’
.......

लिलीको जन्म सन् १९७१ मा भयो र मर्सीसाइडको वारेलमा हुर्किइन् । उनी तीन दिदी–बहिनीमध्ये सबैभन्दा कान्छी छोरी थिइन् । उनका बुबा घानाका र उनकी आमा गोरी थिइन् र उनको प्राथमिक स्कूलमा उनी मात्रै एक मिश्रित जातिकी छात्रा थिइन् । 

बाल्यकालमा आफू केही फरक भएको उनलाई महशुस भयो र स्कूलमा उनको खासै साथी थिएनन् । ७ वर्ष हुँदा एक बिहान्, उनी स्कूलको ग्राउण्डमा गइन् । एक छात्रा समुह अर्थ गोलो आकारमा उभिएर गीत गाइरहेका थिएः ‘तिम्री आमा कहाँ गइन् ? तिम्री आमा कता गइन् ? टाढा, धेरै टाढा...

उनीहरु लिलीलाई हेरेर हाँसे । त्यही अपर्हन्नतिर उनकी आमा लिन आइन्, लिलीले आमालाई ती केटीहरुले के भनेका थिए भनी सोधिन् । 

लिली त धर्मपुत्री पालिएकी थिइन् । लिलीलाई घर ल्याउँदा उनको शरीरबाट नमिठो गन्ध आइरहेको थियो, जसले गर्दा उनको कपडा नै फुकालेर फ्याँक्नु परेको उनकी पाल्ने आमाले बताइन् । उनलाई जन्म दिने आमाले कहिल्यै अपनाउन नचाहेको आमाले बताइन् । उनको जन्म दिने बुबाको बारेमा भने केही उल्लेख थिएन । 

लिलीले यी सबै कुरालाई आत्मसात गर्ने प्रयास गरिन् । उनलाई जन्मदिने बुबा–आमाले किन उनलाई अपनाउन मानेन् भन्ने बुझ्न सकिनन् । उनको शरीरबाट किन गन्ध आइरहेको थियो ? त्यो पनि बुझिनन् । उनलाई फेरी कसैले छोडेर जाने डर भइरहन्थ्यो । 

लिली आफ्नो जीवनलाई फर्केर हेर्दा त्यो जीवनको विन्दुपछि भावनात्मक रुपले आफू कहिल्यै विकसित हुन नसकेको पाउँछिन् । जन्मदिने आमाबाट अपनाउन अस्विकार्य हुनुले उनलाई आतंकित पारेको थियो । १५ वर्षको उमेरमा उनले मदिरा सेवन गर्न थालिन् र कहिल्यै छोडिनन् । 

उनका एकपछि अर्को थुप्रै प्रेमीहरु थिए । ‘म अविवेकी भएकी थिए, त्यो प्रेम थियो भन्ने लाग्थ्यो, जब कसैले मलाई स्नेह देखाइयो, त्यो मलाई माया गरिएको महशुस गर्थे । जब उनका प्रेमीहरुले उनलाई पिट्थे, उनलाई त्यो पनि मायाको हरकत जस्तो लाग्थ्यो ।’ अतितलाई सम्झिँदै लिलीले भनिन् । 
......

जेलका सुपरीबेक्षकले लिलीलाई जेलको कोठा लगे । उनले जेलको भित्ता, झ्याल, कुनाको फलामको शैचालय हेरिन् । एक साताअघि फैसला सुनाउन अघि उनलाई राखिएको प्रहरी कस्टडीभन्दा जेलका कोठा निक्कै खराब थिए । आँफू अब साच्चिकै जेलमा पुगेको महशुस उनले गरिन् ।  

एक सातापछि लिलीलाई जेलको भिन्ना भिन्नै कक्षमा स्थान्तरण गरियो । उनीसँग एक महिला साथी थिइन्, जो आफूले आफैलाई नोक्सान पुर्याइरहेकी थिइन् । लिलीले झ्यालबाट बाहिर हेरिन्, मार्च महिना थियो र बाहिर कठ्यांग्रिने जाडो थियो । 

जेलमा लिलीलाई रिसेप्सनको जागिर मिल्यो । उनले नयाँ–नयाँ कैदीको स्वागत गर्नु पर्थ्यो । तीमध्ये धेरै हेरोइन दुव्र्यसनी थिए । अन्य कैदीहरु मानसिक विरामी थिए । एक कैदीले आफ्नो कपाललाई यति घुमाएका थिए, कपालको ‘डेडलक स्टाइल’ जस्तै देखिन्थ्यो । एक अर्की महिला कैदी जो सिरानीलाई चुस्दै बच्चाको भाषा बोल्थिइन् । सन् २०१८ तिरको कुरा, ‘यस्ता महिलालाई एक जेलमा राखिएको छ, उनीहरुलाई अन्तै कतै राख्नुपर्थ्यो, जहाँ उनीहरुलाई मद्दत मिल्नसक्छ’ – उनले सोचिन् । 

चाँडै उनको दिनचर्या राम्ररी बित्न थाल्यो । उनले रिसेप्सनबाट क्लिनरमा रोजगार थालिन्, जसले उनलाई व्यस्त बनायो । त्यो कुन महिना थियो, कुन बार थियो सबै भुलिन् । एक मात्र उनले सम्झने मिति थियो, जुन दिन उनले जेल छोड्दैछिन् र त्यसका लागि अझै केही दिन बाँकी थियो । 

उनी कहिल्यै पनि आफू जेल जानु परेकोमा रोइनन् । किनकि उनलाई थाहा थियो, यो सबै उनी एक्लैले भोग्दैछिन् । उनलाई भेट्न कोही आउने छैनन् । उनका छोराछोरीलाई उनीबाट टाढा लगिसकिएको थियो । 

उनी जेलमा मदिरा पिउने, ड्रग्स लिने गरिरहेकी थिइनन् । उनी जेल जाँदा बढी तौलकी थिइन्, तर पछि उनले प्रत्येक दिन जिम जान थालिन् र अण्डा, माछा आहार लिन थालिन् । उनले स्वयम–सहायताका पुस्तक पढिन् र उनले ती चीजहरुको सुची लेखिन्, जोप्रति उनी आभारी थिइन् । उनले योग्यताका लागि अध्ययन गरिन् र परिक्षा पनि उतिर्ण गरिन् । 

जेल पसेको ६ महिनापछि लिलीले जेल सजय सुनाएका न्यायधीशलाई यो ‘समयको उपहार’ भनी धन्यवाद दिँदै एक पत्र लेखिन् । त्यसपछि लेखिन्, ‘मेरो अनुभवमा जेलले सबैका लागि राम्रो हुँदैन, तर मेरा लागि राम्रो साबित भयो । 

लिलीलाई थाहा थियो, प्रशासनले महिलाको पुनर्स्थापनाका लागि निक्कै कम काम गरिरहेको थियो, जसलाई उनले पनि भोगिन् । गणित र अंग्रेजी योग्यताका लागि अध्ययनमा निक्कै ध्यान दिइएको उनले बुझिन्, तर यी महिलाहरुलाई आफूले आफैलाई कसरी सम्हाल्ने भनेर कसैले सिकाइरहेका थिएनन् ।  

बाहिरको तुलनामा जेलभित्र ड्रगको प्रचलन बढी थियो । केही कैदीहरु कोठामा प्रतिदिन १९ घण्टासम्म बन्द रहन्थे ।  लिली भन्छिन्, ‘उनीहरुका लागि पुनरस्थापना आवास छैन’ । उनले जेलमा गर्भवती महिला कैदीलाई खाना खुवाउन मद्दत गर्ने देखि लिएर मानसिक प्रशिक्षण दिने, पढाउने जस्ता विभिन्न काम गरिन् । उनको सुरक्षाका लागि दुई युवा अपराधी पनि दिइएको थियो । 

लिलीको लक्ष्य चाँडोभन्दा चाँडो खुल्ला जेलमा पुग्नु थियो । जहाँ उनी घुम्न सक्थिइन्, जहाँ उनी एक कप कफी आफैँ बनाएर पिउन सक्थिन् । तर, फेरी पनि उनी एक बन्द कोठाको पछाडी थिइन्, र उनी नशामा ध्रुत महिलाको माझमा थिइन् । 

जेलमा जति पनि महिलासँग लिलीले कुरा गरिन्, आफू र उनीहरुमा धेरैजसो समानता पाइन्, जस्तै कि घरेलु हिंसाको शिकार हुनु तर, मद्दत लिन असक्षम थिए । लिली भन्छिन्, ‘महिलाहरु अगाडी आउनका लागि व्याकुल छन्, किनकि उनीहरुलाई थाहा छ, सामाजिक सेवाहरु ल्याइदैछ  र तपाईको सन्तानहरु तपाईसँगै रहन सक्छन् ।’
........

किशोरावस्था हुँदादेखि दुव्र्यवहार लिलीको सम्बन्धको एक हिस्सा थियो । आफ्नो युवा अवस्थामा उनी मिलाएर कपडा लगाउने, आत्मविश्वासले भरिएकी र सुन्दर थिइन् । उनी आफ्नै व्यावसाय गर्थिइन् र व्यावसायीक काम थिइन् । परिणामस्वरुप, जो कोही उनलाई विश्वास गर्थे । उनी हरेक रात मदिरा र ड्रग्ससाँग आफ्नो पिडा बयान गरिरहेकी छिन् भन्ने कसैले पनि महशुस गर्न सकेनन् । 

लिली गर्भवती थिइन् । एक बिहानको कुरा हो, एक्कासी मिखाइल(नाम परिवर्तन) आएर उनको घाँटी अठ्याए र भर्याङबाट झारिदियो । एक घण्टापछि लिलीले बच्चा जन्माइन् । त्यसको ६ सातापछि बाट लगातार कुटपिट गर्न थाल्यो । एक पटक मिखाइलले नराम्ररी पिट्यो र छिमेकीले प्रहरीलाई बोलाउनु पर्यो । प्रहरी पुग्दा लिलीकी सानी छोरीले भनिन्, ‘मद्दत गर्नु, मेरी आमा मरिन्’ । 

‘कुटपिटका साथै मिखाइलले बलात्कार गरिरहन्थ्यो’, लिली भन्छिन्, ‘जब उसलाई मन लाग्थ्यो, उसले बलात्कार गर्थ्यो’ । यी घटनापछि मिखाइलले माफी माग्यो र उनले दिइन् पनि । लिली भन्छिन्, ‘त्यसलाई मैले हिंसा भन्ने नै सोचिन । त्यही हो मेरो जिन्दगी जस्तो लाग्थ्यो ।’

लिलीलाई हिंसा गरेकोमा मिखाइललाई जेल सजाय दिइयो । लिलीले नयाँ प्रेमी भेटिन् । लिलीका अनुसार, उनको प्रेमीले पिट्ने त गर्दैन थियो तर बन्दुकले ताकेर धम्क्याउथ्यो । उसले पनि एउटा छोरा जन्मिएपछि छोड्यो । 

त्यसपछि उनको जीवनमा अर्को व्यक्ति आए, जो उनको सह–आरोपी बने । लिलीले पिडा भुल्न असाध्यै मदिरा पिउन थालिन् । यी व्यक्ति पनि लामो समयका लागि हराउथ्यो, जुन समय लिली निक्कै तनावमा पर्थिन् । 

उनले घरबाटै काम गर्न थालिन्, तर दिनभरी नशामा हुन्थिन् । उनको प्रेमीसँग उसको ल्यापटप र सबै इमेलको जानकारी थियो । ‘मलाई थाहा थिएन उसले आफ्ना साथीलाई मेरो सबै डाटा पठाइररहेका छ’, उनले भनिन् । लिली काम गर्ने कम्पनीमा ग्राहकलाई बोलाउथे र उनीहरुलाई ठग्ने काम गर्थे । लिलीले आफ्नो नाममा एक बैँकमा खाता र कम्पनी खोल्न सहमत भइन् । 

के भइरहेको सबै थाहा थियो लिलीलाई । कसैलाई गोली नहानेको वा कसैको हत्या नगरेको त्यो अपराध हो भन्ने लागिरहेको थिएन । लिली ती व्यक्तिलाई निक्कै माया गर्थिन् । तर, एक पटक उसले १४ वर्षीय छोरीलाई गाँजा खाने अफर गरेको थाहा पाइन् र सम्बन्ध तोडिन् । उनले तत्काल प्रहरी बोलाइन् र यसबारे बताइन् ।  प्रहरीले उसलाई गिर्फतार गर्यो र उनलाई थाहा थियो प्रहरी उसका लागि पनि ढिलो चाँडो आउँनेछ । उनलाई थाहा थियो, उनलाई लामो जेल सजाय मिल्नेछ । 

उसको पूर्वप्रेमी जो ग्यांगस्टर बुबाका छोरा र दुतको रुपमा काम गर्थ्योे र उसको घरमा प्रहरीले छापा मार्यो । त्यसको दुई दिनपछि प्रहरी अधिकारीहरुले लिलीका छोराछोरीलाई नियन्त्रणमा लिए । 

एक कोणबाट लिलीको जीवनमा निक्कै उताव चढाव छन् । उनले धेरे मदिरा सेवन गरिन् । उनले ५ पटक आत्महत्या प्रयास गरिन् र दुई पटक मानसिक असन्तुलन भनी अस्पताल भर्ना गरियो । जब अन्तिम पटक उनले आफूलाई मार्ने प्रयास गरिन्, यदि मैले यसो गरे भने कति पिडादायी होला र कस्तो असर पर्ला छोराछोरीमाथि भन्ने सोचिन् । 

उनका लागि यो जीवनको टर्निङ प्वइन्ट थियो र लिली भन्छिन्, ‘त्यो दिनदेखि मैले अगाडी बढ्न आफैँलाई चुनौती दिनुपर्छ भन्ने सोँचे’ । आफ्नो युवा जीवनमा पहिलोपटक उनी आफूलाई मदिरा र ड्रगबाट नितान्त टाढा राखेकी छिन् । जुन दिन उनलाई सजा सुनाइएको थियो, त्यतिबेला कहिलेसम्म बन्द रहनुपर्ने हो थाहा पाइन्, जुन समय उनले आफ्नो पुनर्जन्म पाएको महशुस गरिन् । 


.......
२० महिना बन्द जेलमा बिताएको समयले उनलाई धेरै कुरा सिकाएको थियो । योर्क सहर क्रिसमसको सजावटले धपक्क बलेको थियो । पानी परिरहेको थियो, तर उनको पाइला विस्तारै बढ्दै थियो । यो उनको पहिलो पुनर्स्थापनाको दिन थियो, समुदायमा उनको पहिलो स्थापना थियो ।  उनले बाटाहरुलाई हेर्दा आफ्नो आँखा नयाँ महशुस गरिन् । उनी उत्साहका साथ हलुंगो महशुस गरिरहेकी थिइन् र सबै कुरा जगमाउदो देखिरहेकी थिइन् । 

उनले एक पसलबाट गुलाबी छाता किनिन्, अर्कोबाट एक गुच्छा अंगुर । एक पसलमा केही सोध्न भनी रोकिइन्, तर उनी बकबकाइन्, किनकि कुराकानी ‘एक्स क्युज मी’बाट सुरु गर्नुपर्छ नै भुलिसकिछिन् । त्यसपछि उनी एक कफी पसलमा हट चकलेट पिउन बसिन्, जसको मूल्य ३.८० डलर थियो । उनलाई विश्वास नै लागेन, किनकि उनले यसअघि पैसाको बारेमा सोचेकै थिइनन् । 

कफी पसलमा ठोक्किन पुगेको व्यक्तिसँग माफी मागिन्, जसले उनलाई सुन्दर बताएका थिए । उनले पसलेलाई धन्यवाद दिइन् । त्यो साँझ जेलमा फर्कन अघि लिलीले आफ्नो मन्त्र मनमनै दोहोर्याइन्, ‘म जिन्दगीलाई माया गुर्छ, म जिन्दगीलाई माया गुर्छ, म जिन्दगीलाई माया गुर्छ’ । 

त्यसपछि उनलाई सिमित समयका लागि काममा जान जेल बाहिर अनुमति दिइयो । एक कार्यस्थलका कर्मचारीले जब क्रिसमस पार्टीमा निमन्त्रणा गरेको थियो, उनी रोएकी थिइन् । उनले एक अर्को प्रोजेक्टमा काम गरिन्, जसमा आपराधिक क्रियाकलापमा संलग्न युवा तथा बालबालिकालाई तालिम दिने काम गरिन् । 

उनकी छोरी सिसीसँग नजिक भइन् । केही वर्षअघि उनको जन्मदिने आमाको निधन भएको थाहा पाइन् । उनले आफ्नो जन्मदिने बुबालाई पनि भेटिन् । स्वतन्त्रता अझै पनि उनको धेरै अगाडी छ । तर, युवा अपराधीसँग काम गर्दा उनका दिनहरुले अर्थ बोकेको छ । यी सबैपछि, उनको भनाई छ, केही यस्तो खोजमा थिइन्, जसले उनलाई सँधैका लागि छोडेको थियो, जुन कुरा उनले खोजिरहेकी थिइन्, तर त्यो सँधै उनको सोच भन्दा टाढा थियो, त्यो हो आत्म–सम्मान ।

‘मैले कहिल्यै पनि आफूलाई मन पराइन’, उनी मुस्कुराउँदै भन्छिन्, ‘अब म वास्तवमा आफूँलाई मन पराउँछु’ । 

(एक महिला कैदीबन्दीसँग बिबीसीले गरेको कुराकानीको आधारमा तयार पारिएको लेख, जसमा कैदी महिलाको जीवनको टर्निङ प्वाइट जेल हो)

 अनुवादकः गीता नेम्बाङ (सुब्बा) 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाढीकाे पूर्वसूचना मोबाइलमा पाएपछि कन्काई तटीय क्षेत्रका नागरिक खुसी

  • ७ भदौ, २०७६

झापा । ‘हामी त राजमार्गभन्दा धेरै तल कन्काई नदीको नजिकै गाउँमा बस्छौं । नदीमा आएको बाढीले धेरै छिमेकीका घरजग्गा वागएको आफ्नै आँखाले झलझलि देखेका

अस्पतालमा ‘आर्ट थेरापी’ : क्यान्सर पीडित बालबालिकामा छायो खुसी

  • ७ भदौ, २०७६

काठमाडाैं । स्थान : कान्ति बाल अस्पलात, महाराजगञ्ज, काठमाडौं ।  समय : बिहीबार दिउँसो २ बजे । करिब १० जना चित्रकारहरु झण्डै १०÷१२ जना बालबालिकासंग

क्रान्तिकारी नेता फिडेल कास्त्रो, जसलाई मार्न अमेरिकाले ६३८ पटक षड्यन्त्र रच्यो !

  • ५ भदौ, २०७६

एजेन्सी । क्युबाका पूर्वराष्ट्रपति फिडेल कास्त्रोले एक पटक भनेका थिए, यदि कुनै पनि व्यक्किो हत्याको प्रयासका लागि कुनै ओलम्पिक आयोजना हुँदो हो त