• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विद्यार्थीको निःशुल्क आँखा जाँच

तुलसीपुर । यहाँका ६१२ विद्यार्थीको आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घको सहयोगमा राप्ती आँखा अस्पतालले शुक्रबार तुलसीपुर–१८ स्थित सिर्जना बालबाटिका विद्यालयमा निःशुल्क आँखा जाँच गरेको हो । 

नेपाल सरकार विद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत सो कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीको आँखा जाँच गरिएको नेत्र सहायक युवराज वलीले जानकारी दिए । आँखा जाँच गरिएकामध्ये १३ विद्यार्थीले चश्मा प्रयोग गर्नुपर्ने देखिएको थियो । 

धेरैजसो विद्यार्थीको आँखा सुख्खा हुने, परेली झर्नेजस्ता समस्या देखिएको छ । जाँचमा चश्मा प्रयोग गर्नुपर्ने अवस्था भएका विद्यार्थीलाई निःशुल्क चश्मा उपलब्ध गराइएको कार्यक्रम सहसंयोजक विष्णु खनालले बताए । अस्पतालले आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत विभिन्न निजी तथा सामुदायिक विद्यालयमा आँखा जाँच, शिक्षकलाई आँखाको स्वास्थ्यसम्बन्धी तालीम दिँदै आएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर