• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

थापाकाजीको ‘एकालाप’ मा दार्शनिक ध्वनि

काठमाडौं । अनुभूतिलाई काल्पनिकीमा मिसाएर चटनीको स्वादमा आख्यान लेख्ने ‘थापाकाजी’ अर्थात् निर्मलकुमार थापाको पछिल्लो कृति ‘एकालाप’ बजारमा आएको छ । कविता, कथा, उपन्यास, स्मरण लेखेर नेपाली साहित्यको दहमा पौडिरहेका उनले सामाजिक तथा आध्यात्मिक विषयलाई अन्तर्घुलन गरी लेख्ने सामाथ्र्य राख्छन् । 

प्रायः अनुभूतिजन्य विषयलाई कथात्मक रुपमा उधिनेर आफ्ना विचार संप्रेषण गर्दछन् उनी । थापाको नयाँ कथासंग्रह ‘एकालाप’ मा देशी विदेशीका आलापलाई कथाका रुपमा उतारिएको छ । उनको कृति दर्शन, साहित्य, अध्यात्म र चेतनाको नयाँ कलेबरमा पाठकका हातमा आएको छ ।

ब्रोसिस पब्लिसर्स नयाँ दिल्लीले प्रकाशन गरेको उक्त संग्रहमा कथाको प्रस्तुति, शैली र पात्र छनोट पठनीय लाग्छ । ब्रोसिसले नेपाली भाषाको उक्त पुस्तक पहिलो पटक प्राशित गरेको थापाले सुनाए । त्यसो त नेपाली पुस्तकहरुको बजारमा नेपालभित्रैबाट पनि धमाधम पुस्तक छापिइरहेका छन् । बिक्री वितरण पनि बढेको छ, लेखेर बाँच्ने लेखकहरु पनि आउन थालेका छन् । 

यसअघिका थापाका प्रभातफेरी सन्ध्या, बिजौला, युवक, एकादेशमा लगायतका कथा, कविता, उपन्यास र जीवनपयोगी पुस्तक प्रकाशित भइसकेका छन् । एकालाप नियात्रा, संस्मरण, निबन्ध, आत्मसंवाद जस्ता ध्यानविधिमा आधारित भइ लेखिएको कृति हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर