• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

फेसबुक म्यासेन्जरमा आयो ‘अनसेन्ड’ फिचर

एजेन्सी । सामाजिक सञ्जालबाट फेसबुकले आफ्नो मेसेन्जर एप्सा प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो ।

मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । तपाईले पठाएको प्रापकको च्याट बक्समा पुगिसकेका मेसेजहरु समेत डिलिट गर्न सकिनेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्रापकको च्याटबक्सबाट पनि डिलिट हुनेछन् । 

तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । अर्थात् यसरी मेसेज डिलिट गर्न चाहनेले मेसेज पठाएको १० मिनेट भित्रमा डिलिट गर्नुपर्नेछ । अन्यथा प्रापकको च्याटबक्सबाट मेसेज हट्ने छैनन् । 

अहिलेसम्म मेसेन्जरमा प्रयोगकर्ताले केवल आफ्नो च्याटबक्सबाट मात्र मेसेज डिलिट गर्न सक्दथे । पठाइसकेका मेसेज प्रापकको च्याटबक्सबाट समेत हटाइदिने फिचर उपलब्ध थिएन । तर मेसेन्जरमा अनसेन्ड फिचर थप गरेसँगै अब प्रापकको च्याटबक्स बाट पनि मेसेज डिलिट हुनेछन् ।

फेसबुकले गत विश्वव्यापी रुपमा सबै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराउन सुरु गरेको छ । यो फिचर सम्पूर्ण मेसेन्जर प्रयोगकर्ताको एपसम्म पुग्न केही समय भने लाग्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर