• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

शुक्रबारको प्रचण्ड प्रहारको अर्थ र शनिबारकाे प्र.म.ओलीसँगको बार्ता   

काठमाडौं । नेकपाका अध्यक्षद्वयको सम्बन्धमा पछिल्लो चरणमा चिसो पसेको  छ । मौसम गर्माउँदै जाँदा अध्यक्षद्वयको सम्बन्धमा भने चिसो पस्नुका केही कारणहरु छन् । ओलीले सरकार एकलौटी रुपमा चलाउनु, राजदुत, संवैधानिक आयोगका अध्यक्ष जस्ता दुरगामी महत्वका राजनीतिक नियुक्तीहरु एकलौटी रुपमा गर्नु, पार्टीको सल्लाहा नलिनु, कतिपय सन्दर्भमा प्रचण्डकै सिफारिस समेत नमान्नु ओली–प्रचण्ड सम्बन्ध चिसिनुका ‘मसला’ हुन् । 

भेनेजुएलाका विषयमा पार्टी अध्यक्षका हैसियतले प्रचण्डले जारी गरेको वक्तव्यलाई ‘प्रचण्ड चिप्लीएको’ भनेर प्रधानमन्त्री ओलीले उडाईदिए । जवकी सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले समेत प्रचण्डकै स्पिरिटको सेरोफेरोमा बक्तव्य जारी गरेको थियो । नेकपा सचिवालय बैठकले प्रचण्डको वक्तव्यलाई अनुमोदन गर्दै सोही भाषा र शैलीमा पार्टीका आधिकारीक धारणा पनि सार्वजनिक गरेको नेताहरुको दावी छ । अमेरिकी दुतावास लगायतबाट दबाव आएपछि प्रधानमन्त्री आली पछि हट्न खोजे । प्रचण्डले पनि ओलीलाई जवाफ दिदै भनेका थिए ‘सचिवालय बैठकले अनुमोदन गरिसक्यो प्रधानमन्त्रीको भनाई व्यक्तिगत हो ।’

अध्यक्ष प्रचण्ड निकट श्रोत भन्छ, ‘यत्तिपनि अध्यक्ष प्रचण्डले सहेकै थिए, पार्टी एकता सम्बन्धी काम टुंगो लगाउन भनेर गठन भएको कार्यदल र त्यसलाई असफल बनाउनेगरि भएको सचिवालय बैठकपछि प्रचण्ड ओलीसँग थप चिढिए । स्थायी समितिको बैठकमा प्रचण्डले प्रस्ताव गरेका आधारमा एकताका बाँकी काम टुंगो लगाउन र नमिलेका कुरा मिलाउन भनेर ९ सदस्यीय शक्तिशाली कमिटि गठन भएको थियो । 

कार्यदल गठनको कुरा अध्यक्ष ओली र उनको खेमालाई मन नपरेपनि बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष खुसी भएका थिए । एकता सम्बन्धी अघिल्ला निर्णयहरु अध्यक्ष ओली अनुकुल भएको भन्दै सार्वजनिक रुपमा आलोचना भईरहेका बेला कार्यदलले तुलनात्मक रुपमा सन्तुलित प्रस्ताव गर्ने संभावना थियो । 

तर अध्यक्ष ओलीले कार्यदलका ‘छाँया संयोजक’ महासचिव विष्णु पाैडेल मार्फत कार्यदललाई कामै नलाग्ने बनाएको कार्यदलकै सदस्यहरुको गुनासो छ । संयोजक गृहमन्त्री रामबहादुर थापा भएपनि बैठक र तयारीका हिसावले संयोजकको भूमिका पौडेलले खेलेका थिए ।’

सचिवालयले यो कार्यदल विघटन गरेर अधिकार अन्ततः शीर्ष नेतामै केन्द्रित गर्ने देखेपछि अध्यक्ष प्रचण्ड यस विषयमा पनि असन्तुष्ट रहेको उनी निकट श्रोत बताउँछ । 

संघीयता कार्यान्वयनका विषयमा त विगत लामो समयदेखि तत्कालिन माओवादी र एमालेका बीचमा ठूलो मत भिन्नता थियो । पार्टी एकता गर्दा यस्ता सैद्धान्तिक पक्षमा विमर्ष नगरिकनै भएकाले कार्यान्वयनका क्रममा पनि दुई अध्यक्षको दुई लाईन देखिएको हो । पार्टी एकतापूर्व एमालेसँगको साईनो तोडेर काँग्रेससँग गठबन्धन बनाउने बेला संसदमा बोल्दै प्रचण्डले भनेका थिए, ‘ओलीजीलाई यो संघियता भन्ने चिजै मन नपरेको जस्तो, बेकारमा आईएछ भनेजस्तो भएको छ ।’

नेकपाका नेता जनार्दन शर्माले सार्वजनिक कार्यक्रममै भने ‘सरकारले संघीयताको मर्म अनुसार काम गरेन । यस्तो प्रबृतिका विरुद्ध लडिन्छ ।’ शर्माले यसो भन्दै गर्दा उनैले संयोजन गरेको कार्यक्रममा गएर शनिबार अध्यक्ष प्रचण्डले आक्रमक अभिव्यक्ती दिएका थिए ।

असमझदारीका उपरोक्त श्रृखंलाका धेरै कुरा पचाएका प्रचण्डले बल्ल मुख खोलेका हुन् । आफुमा आएको आवेग रोक्ने भन्दापनि व्यक्त गरेपछि आईपर्ने अवस्थाको सामना गर्ने बानी परेका प्रचण्डले यस्तै अवस्था हो भने, फेरी अर्को माओवादी जन्मन सक्ने चेतावनी दिएका थिए । कमजोर प्रतिपक्ष र सत्तारुढ दल आफ्नै भएको तर सरकारको नेतृत्वमा आफु नभएकाले उनको त्यो प्रहार सिधै प्रधानमन्त्री आली तर्फ थियो ।  प्रचण्डको उक्त भनाईको नेपाली राजनीतिमा धेरैले आ–आफ्ना टिप्पणी र विश्लेषणहरु गरे । तर, प्रचण्ड निकट श्रोत भन्छ, ‘अध्यक्षको त्यो आक्रोष तिनै उपरोक्त अवस्थाको स्वभाविक अभिव्यक्ति हो ।’

सत्तारुढ दल भित्र प्रचण्ड अभिव्यक्तिले तरंग सृजना गरेपछि शनिबार बिहानै प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँगको भेटका लागि निम्ता पठाएको उनको सचिवालयले समाचार दैनिक डटकमलाई जानकारी दियो । झण्डै २ घण्टा चलेको बार्तामा अध्यक्ष प्रचण्डले असमझदारीका विषयहरु प्रस्तुत गरे ।

सरकार प्रतिको जनाताको अपेक्षा र परिणाम तथा प्रधानमन्त्री आलीको एकलौटी शैलीको बिरोध गरेपछि प्रधानमन्त्री ओलीले नरम भावमा आफुहरुबीचको असमझदारीको कुरा सार्वजनिक गर्न नहुने आशय व्यक्त गरे । श्रोत भन्छ प्रधानमन्त्री ओलीले, ‘संञ्चारमाध्यम र छिमेकिले दुई अध्यक्षको सम्बन्ध बिग्रन थाल्यो भनेर चर्चा गर्न थालेकाले छिटो समस्याको समाधान गर्नुपर्यो’ भन्ने प्रस्ताव गरेका थिए । 

नेकपा एकता प्रकृयाका लामो कालखण्डमा अध्यक्ष ओलीको व्यवहारबाट अध्यक्ष प्रचण्डले अभिव्यक्त गरेको यस्ता आक्रमक प्रतिक्रिया यो पहिलो भने होईन । ‘अब एकता नुहुने भयो, फेरी समझदारी टुट्यो’ भन्दै यहाँ सम्म आएको दुई नेताबीचको पछिल्लो असमझदारी पनि तन्किएर नजाने पूर्वमाओवादीका एक केन्द्रिय नेताको विश्लेषण छ । दुवै अध्यक्षले एकता छिटाे टुंग्याएर  सामुहिक नेतृत्वसहित पार्टी र सरकारलाइ समेत विकासका काममा हाेम्न उदेस्य राखेकाे  उनले बताए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर