कृषि मेलामा ५० हजार दर्शक, ४० लाखको कारोवार

बुटवल । प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएको कृषि मेला करिव ४० लाखको कारोवार गर्दे शनिबार सकिएको छ ।

मेलामा झण्डै ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको कारोवार भएको बुटवल आयोजक संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिए । उनले कृषिलाई प्रबृद्धि र किसानसंग जोड्न र व्यबसायिक बिकासलाई जोड दिएर मेला आयोजना गरिएको बताए ।

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले कृषि तथा पशुपालन व्यबसाय गर्न चाहने किसानकालागि प्रदेश सरकारले  बिशेष व्यबस्था गरेको बताउँदै त्यसबाट लाभ लिन किसानलाई आग्रह गरे । 

मेलाको समापन गर्दै बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषिको व्यबसायिक बिकास बिना मुलुकको समृद्धि सम्भव नभएको भन्दै कृषिको व्यबसायिक बिकासकालागि नगरपालिका लागि परेको बताए । 

मेलामा कृषि उत्पादन तर्फ सहभागि भएका ८६ वटा स्टललाई विधागत रुपमा ११ विधामा विभाजित गरि प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय छनौट गरी पुरस्कार प्रदान गरिएको छ ।  माघ २१ गते शुरु भएको मेलामा  ६ दिनसम्म कृषि केन्द्रित अन्तरबिद्यालयस्तरीय बाद बिवाद, बक्तृत्वकला तथा कवितावाचन प्रतियोगिता, दुग्धपान प्रतियोगिता, मत्स्य बल्छि प्रतियोगिता तथा बिभिन्न गोष्ठि र माटो परीक्षण शिबिर सञ्चालन गरीएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर