• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

चेतनाले गर्यो पाँच स्रष्टालाई सम्मान 

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा पाँच जना व्यक्तित्वलाई सम्मान एवं पुरस्कृत गरिएको छ । 

नेपाली भाषा, साहित्य, कला, संस्कृति, समाजसेवा तथा पत्रकारिताका क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्व प्रतिष्ठानले पुरस्कृत एवं सम्मानित गर्दै आएको छ । 
पुरस्कृत एवं सम्मानित हुनेमा एक लाख एक हजारको राशिबाट साहित्यकार प्रा डा कपिलदेव लामिछाने छन् । त्यस्तै जनही ५१ हजारको राशिबाट पुरस्कृत एवं सम्मानित हुनेमा संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडा, पत्रकार युवराज घिमिरे, कलाकार श्रीमती मिथिला शर्मा बोहरा र समाजसेवी रमेशप्रसाद नेपाल छन् । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले समाज परिवर्तनमा योगदान दिने व्यक्तित्वलाई प्रतिष्ठानले सम्मान एवं पुरस्कृत गर्नु सुखद पक्ष रहेको बताए । पुरस्कृत एवं सम्मानित साहित्यकार प्रा डा लामिछाने, संस्कृतिविद् प्रा डा सोमप्रसाद खतिवडा र समाजसेवी नेपालले समाजमा रचनात्मक काम गर्ने स्रष्टालाई खोजी–खोजी पुरस्कृत एवं सम्मान गर्नुले आफूहरुलाई समाजमा काम गर्न थप उत्साह मिलेको धारणा व्यक्त गरे । 

प्रतिष्ठानका अध्यक्ष साहित्यकार गङ्गा सुवेदीले प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै समाजमा विभिन्न विद्यामा काम गर्ने स्रष्टालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘समाजका लागि योगदान दिनुहुने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष सम्मान एवं पुरस्कृत गर्दै आएको छ ।’प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार चेतना मासिक साहित्य कार्यक्रम, चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिकार प्रकाशन गर्नुका साथै अहिलेसम्ममा छ दर्जनभन्दा बढी प्रवुद्ध व्यक्तित्वलाई पुरस्कार एवं सम्मान प्रदान गरिसकेको सदस्य मीनकुमार नवोदितले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर