• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 10:05 pm

गण्डकी प्रदेशका बिभिन्न दुई विधयेक प्रमाणिकरण

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार दुई वटा विधेयक प्रमाणिकरण गरेका छन् । ‘बर, पिपल, समि र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का पाँच÷पाँच प्रतिमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका हुन् । 

गण्डकी प्रदेश सभाले माघ ८ गते पारित गरेका दुई विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले माघ १५ गते प्रमाणित गरेपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । 

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ । 

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं सूचना अधिकारी विश्व प्रकाश न्यौपानले प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको जानकारी दिए ।

 सूचना अधिकारी न्यौपानले बाँकी चारप्रतिमध्ये आईतबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बुटवल उच्च बारमा नयाँ नेतृत्वको लागि निर्वाचन

  • ७ भदौ, २०७६

बुटवल । उच्च अदालत बार एसोसिएसन बुटवलमा नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको छ । शनिवार भएको मतदानमा १ सय ३१ मतदाता रहेका छन । मतदान राती ८ बजेसम्म

तीज पर्व सन्देशमूलक बनाउँ : पर्यटनमन्त्री गिरी

  • ७ भदौ, २०७६

रुपन्देही । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट

भब्य भयो विराटनगरको श्रीराधाकृष्ण रथयात्रा 

  • ७ भदौ, २०७६

विराटनगर । एशियाका ठूला रथयात्राहरु मध्येमा गनिने विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यस पटक पनि भब्य र उत्साहपूर्णरुपमा मनाइएको छ । श्रीकृष्ण