• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

१५ सयमा किनेको औँठी एक अर्बमा बिक्री !

एजेन्सी । ३० वर्षअघि जब एक महिलाले औँठी किनिन्, त्यतिबेला उनलाई थाहा थिएन कुनै दिन यसकै कारण करोडपति बन्नेछिन् । डेब्रा नामकी एक महिलाले १० पाउन्ड अर्थात् करिब १५ सय रुपैयाँमा एक औठी किनिन् । 

उनले त्यो औँठी सिसाको औँठी सम्झेर १५ वर्षसम्म लगाइनन् । जब उनलाई बेच्न पर्ने भयो, तब त्यो औँठी २६.२७ क्यारेटको औँठी भन्ने थाहा भयो, जसको मूल्य एक अर्ब ८ करोड रुपैयाँ हो । 

डेब्राकी आमालाई पैसाको आवश्यता परेपछि औँठी बेच्नुपर्ने भयो । डेब्रो भन्छिन्, ‘यो औँठी केही डलरमा बिक्री होला भन्ने लागेको थियो । व्यापारीले मलाई आश्चार्य मान्दै यो के हो चिन्छौ ? भनी सोध्यो र भन्यो – यो हिरा हो । खुशी कसरी व्यक्त गरुँ पत्तै पाइरहेकी थिइन ।’

औँठीको मूल्य थाहा भएपछि डेब्राले यसलाई लिलामी गर्ने फैसला गरिन् । लिलामीको मूल्य र कर तिरेपछि डेब्राले करिब करिब ७० करोड पाइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर