• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

लिबियाली नागरिकको पुनः मिलन गराउन राष्ट्रसङघको आग्रह

अदिस अबाबा ।  लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटर्रेसले आह्वान गरेको छ । 

महासचिव गुटेर्रेसले आइतबार उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहहरूलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने विचार व्यक्त गर्दै उनले भने, ‘लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र सङ्घको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु हो ।’ 

अफ्रिकन यूनियनको फेब्रुअरी १० र ११ मा भइरहेको ३२ औँ शिखर सभामा सहभागी हुन पुगेका सबै अफ्रिकी नेताहरूलाई अदिस अबाबामा सम्बोधन गर्दै उनले लिबियाली समस्या अन्त्यको सामुहिक प्रयास थाल्न नेताहरूलाई आग्रह गरेको हो । 

राष्ट्रसङ्घ प्रमुखले भने, ‘यो समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो । यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्नुस् ।’ 

हाम्रो पहलमा लिबियाको मौद्रिक सङ्कटलाई स्थायित्व दिन केही आर्थिक उपायको खोजी भएको छ जसले वास्तविक रूपमा सुरक्षा सुधारको अवस्थालाई केही हदसम्म सम्बोधन गरेको छ ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर