• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हिरो गोल्डकप : नेपालले भारतको सामना गर्दै, जित्नै पर्ने दबाब

एजेन्सी । भारतको उडिसामा जारी हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ ।

कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार साझ सात बजेबाट सुरु हुनेछ । पहिलो खेलमा म्यानमारसँग तीन शुन्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिन लागेको हो । जितसंगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहिन छ ।

भारतपनि नेपाल विरुद्ध जहिले पनि हावी हुँदै आएको छ । सो दबावलाइ निरन्तरता दिन चाहन्छ । आज नेपाल पराजित भएमा उपाधिको यात्रा समाप्त जस्तै हुनेछ । प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर