• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 09:20 pm

बार्सिलोना बराबरीमा रोकियो, रियलसँग दुरी बढाउने मौका गुम्यो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसंग गोलरहित बराबरीमा रोकिएको हो । एथ्लेटिको बिल्बाओको मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा बार्सिलोनाले घरेलु टोलीसंग अंक बाडेको हो ।

बार्सिलोनाको पटक पटकको आक्रमणमा बिल्बाओका गोलकिपर र डिफेन्स बाधक बनेको थियो । यस्तै खेलको इन्जुरी समयमा ओस्कार डी मार्कोसले रातो कार्ड पाउँदा घरेलु टोली केहि मिनेट १० खेलाडीमा समेटिएको थियो ।

बिल्बाओसंगको बराबरीसंगै बार्सिलोना शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ । तर, बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ५ अंकले अघि रहेको छ । बार्सिलोनाको २३ खेलबाट ५१ अंक छ । रियलको समान खेलबाट ४५ अंक छ । २७ अंक जोडेर बिल्बाओ १३ औं स्थानमा छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एस्टन भिल्लासँग एभर्टन स्तब्ध

  • ७ भदौ, २०७६

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग पराजित भएको छ । एस्टन भिल्लाले एभर्टनमाथि २–० को जित

बार्सा र रियलकाे हाेड अझै रोकिएन, नेइमारकाे गन्तव्य कता ? 

  • ६ भदौ, २०७६

एजेन्सी । बार्सिलोनाबाट खेल्ने अर्जेन्टाईन स्टार लियोनल मेसी र युभेण्टसबाट खेल्ने पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोपछिका संभावित स्टार हुन्

नेपाल पाँचाै स्थानका लागि अफगानिस्तानसँग खेल्दै

  • ६ भदौ, २०७६

काठमाडाै । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आयोजक नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानसँग खेल्ने भएको छ । नेपाल र