• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बार्सिलोना बराबरीमा रोकियो, रियलसँग दुरी बढाउने मौका गुम्यो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसंग गोलरहित बराबरीमा रोकिएको हो । एथ्लेटिको बिल्बाओको मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा बार्सिलोनाले घरेलु टोलीसंग अंक बाडेको हो ।

बार्सिलोनाको पटक पटकको आक्रमणमा बिल्बाओका गोलकिपर र डिफेन्स बाधक बनेको थियो । यस्तै खेलको इन्जुरी समयमा ओस्कार डी मार्कोसले रातो कार्ड पाउँदा घरेलु टोली केहि मिनेट १० खेलाडीमा समेटिएको थियो ।

बिल्बाओसंगको बराबरीसंगै बार्सिलोना शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ । तर, बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ५ अंकले अघि रहेको छ । बार्सिलोनाको २३ खेलबाट ५१ अंक छ । रियलको समान खेलबाट ४५ अंक छ । २७ अंक जोडेर बिल्बाओ १३ औं स्थानमा छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर