• मंगलबार ७-२६-२०७६/Tuesday 11-12-2019/ 02:08 am

डीपीएलको तेस्रो संस्करण सुरु हुँदै, आज दुई खेल हुने

धनगढी । तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेट आजदेखि सुरु हुदैछ ।

बर्षाका कारण दुई दिन पछाडी सरेको प्रतियोगितामा आज दुई खेल हुँदैछ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजे हुनेछ ।

काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । धनगढी स्टार्सको नेतृत्व सोमपाल कामीले गर्नेछन् । दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । 
रुपन्देही बसन्त रेग्मीको कप्तानीमा मैदान उत्रदा महेन्द्रनगर शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा ६ टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको छ ।

टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने छ । अघिल्लो संस्करणको विजेताले २५ लाख प्राप्त गरेको थियो । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सागका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा

  • २५ कार्तिक, २०७६

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।  अखिल नेपाल फुटबल संघ

त्रिभुवन आर्मी पूर्वाञ्चल गोल्डकप च्याम्पियन

  • २५ कार्तिक, २०७६

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ ।  झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार

विश्वकप छनोटः नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

  • २५ कार्तिक, २०७६

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले