• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन, युभेन्ट्ससँग सासुलो पराजित

एजेन्सी । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले सासुलोलाई तीन शुन्यले हराउँदै दोस्रो स्थानको नापोलीसँगको अग्रता ११ अंकमा पुर्याएको छ ।

आइतबार राति भएको खेलमा निक्कै प्रतिस्पर्र्धात्मक बनेको खेलको २३ औं मिनेटमा सामी खिदेराले गोल गर्दै खेलमा युभेन्टसलाई एक शुन्यको अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडी रहेको युभेन्टसले ७० औं मिनेटमा दोस्रो गोल गर्यो ।

यसकालागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्न सफल भए । यसै सिजन युभेन्टसमा पुगेका रोनाल्डोको यो १८ औं गोल हो । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोको पासमा इमीरी कानले गोल गरेपछि युभेन्टसले सहज जित निकाल्यो ।

जितसँगै उसले २३ खेलबाट ६३ अंक बनाएको छ भने दोस्रो स्थानको नापोलीको ५२ अंक रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर