धम्पुस र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्बन्ध 

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरकाबीचमा मितेरी सम्वन्ध स्थापना गरिएको छ । 

धम्पुसमा आयोजना गरिएको विशेष कार्यक्रमकाबीच ब्रेकन शहरसँग मितेरी सम्वन्ध गाँस्ने पत्रमा हस्ताक्षर गरि आदान प्रदान गरिएको छ । माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका मेयर काउन्सिलर म्यान्नी ट्रेलर र उपमेयर टाउन क्लार्क फियोना विलियम्सले मितेरी सम्वन्ध पत्रमा हस्ताक्षर गरे । 

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले माछापुच्छ«ेका अध्यक्ष, वडाध्यक्ष तथा ब्रेकन सिटीका मेयर उपमेयरलाई सपथ गराएका थिए । दुई शहरका बीचमा संस्कृति आदानप्रदान तथा सामाजिक र आर्थिक विकासमा पारस्परिरक सहयोग आदान प्रदान गर्ने उद्धेश्यले सम्वन्ध स्थापना गरिएको बताइएको छ । 

नेपाल र बेलायतकाबीच वर्षौदेखीको पारस्परिक सम्वन्धलाई मितेरी सम्बन्धले थप बलियो बनाएको छ । यसबाट दुवै देशले फाईदा लिन सकिन्छ ।’ मन्त्री गुरुङले भने । ब्रेकनका मेयर ट्रेलरले पहिलोपटक नेपालमा आएर पर्यटकीय गाउँसँग सम्वन्ध गाँस्न पाउँदा खुशी लागेको र नेपाल र बेलायतबीचको विगतदेखीको ऐतिहासिक सम्वन्ध थप प्रगाढ हुने भनाई राखे ।

गाउँपालिका अध्यक्ष गुरुङले यस सम्वन्धबाट पारस्परिक हित र गाउँपालिकाको सामाजिक विकासमा मद्धत पुग्ने बताए । मितेरी सम्वन्ध स्थापनाका लागि संयोजन गर्नुभएका गोर्खा मेजर खुशीमान गुरुङले करीब डेढ वर्षको मिहिनेत र प्रयासपछि दुई शहरकाबीचमा मितेरी सम्वन्ध गाँसिएको उल्लेख गरे ।

मितेरी सम्वन्ध गाँस्न पुगेको बेलायती टोलाीलाई धम्पुसमा भव्य स्वागत गरिएको थियो । पोखरा महानगपालिका २५ हेम्जाको घ्टेखोलादेखी कार्यक्रम स्थलसम्म ठाउँ ठाउँमा स्वागतद्धार तथा पञ्चेबाजाले स्वागत गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर