• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 09:23 pm

म्याग्दीमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने 

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ । 

आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न सुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिए । 

समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव सङ्कलन गरेको जनाएको छ । म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयलाई समेटेर पाठ्यक्रम बनाउन शुरु गरिएको पाठ्यक्रम निर्धारण समितिका संयोजक सोमनाथ ढुङ्गानाले बताए । 

म्याग्दीका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटन, कृषि, उद्योग, वन, वन्यजन्तुलगायतका विषयलाई पाठ्यक्रममा समेटिने नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता

  • ७ भदौ, २०७६

ओखलढुंगा । ओखलढुंगाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता

  • ७ भदौ, २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा

भक्तपुरमा आफ्नै श्रीमती बलात्कार गर्ने श्रीमान पक्राउ

  • ६ भदौ, २०७६

भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती