• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

म्याग्दीमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने 

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ । 

आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न सुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिए । 

समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव सङ्कलन गरेको जनाएको छ । म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयलाई समेटेर पाठ्यक्रम बनाउन शुरु गरिएको पाठ्यक्रम निर्धारण समितिका संयोजक सोमनाथ ढुङ्गानाले बताए । 

म्याग्दीका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटन, कृषि, उद्योग, वन, वन्यजन्तुलगायतका विषयलाई पाठ्यक्रममा समेटिने नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर