बैंक अफ काठमाण्डूको खुद मुनाफा ३३ प्रतिशतले बढ्यो, अन्य सुचकले के भन्छ ?

काठमाडौं । बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको छ महिनाको वित्तीय विवरण पस्केको छ । सार्वजानिक विवरण अनुसार यो अवधिमा बैंकले  ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  ।

गत वर्षको सो अवधिको तुलनामा खुद नाफा ३३ दशमलव ७१ प्रतिशतले बढी हो । गत वर्ष पुस मसान्तसम्म बैंकले५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार बैंकको विरण योग्य मुनाफा ६ करोड १३ लाख रुपैयाँ देखिन्छ । गत वर्ष पुस मसान्तमा यस्तो नाफा ५५ करोड १५ लाख रहेको थियो ।

समिक्षा अवधिमा बैंकले निक्षेप संकलन १३ प्रतिशतले बढाउँदा१५ प्रतिशतले कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले ८० अर्ब २१ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड ८३ लाख कर्जा लगानी गरेको छ । गतवर्षको यसैअवधिमा बैंकले ७० अर्ब ७२ करोड १६ लाख निक्षेप संकलन गरी ६३ अर्ब ४१ करोड ६६ लाख ऋण लगानी गरेको थियो । 

७ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंक अफ काठमाण्डूले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन ९३ करोड रुपैयाँ आवश्यक पर्नेछ । बैंकले जगेडा कोषमा ६ अर्ब १२ करोड रुपैयाँ कायम गरेको छ ।

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २ पैसाबाट २० रुपैयाँ ८६ पैसा पुगेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६० पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर