• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 11:00 am

सन्ध्याले जितिन् सुपर मोडलको ताज

काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गरेको ‘सुपर प्लस साइज मोडल नेपाल २०१९’ को ताज सन्ध्या केसीले चुमेकी छन् । राष्ट्रिय नाचघरमा सम्पन्न प्रतिस्पर्धामा ताजसँगै उनले ५० हजार रुपैयाँ, विभिन्न उपहार तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टप अफ द वल्र्ड प्लस साइज २०१९’ मा सहभागिताको अवसर प्राप्त गरेकी छन् ।

दोस्रो संस्करणको प्रतियोगितामा नेहा गिरी ‘फस्र्ट रनर अप’ भइ ३० हजार रुपैयाँसँगै ‘वल्र्ड टप प्लस साइज २०१९’ मा सहभागिताको अवसर पाएकी छन् । त्यस्तै आशा चौधरीले ‘सेकेन्ड रनर अप’ सँगै २० हजार रुपैयाँ हात पारिन् । ओमानियाको प्रस्तुतिमा शारीरिक वजन बढी भएका महिलाको लागि मोडल सङ्स नेपालले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल महिला च्याम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ प्रमुख अतिथि थिइन् । प्रतियोगितामा गायक सिताराम पोखरेल, अभिनेत्री सुष्मा कार्की, नायक तथा कोरियोग्राफर गजित बिष्ट, सौन्दर्य व्यवसायी रेखा मोदी मित्रुका, निर्देशक योगेश घिमिरे र समाजसेवी तथा महिला व्यवसायी शर्मिला सुब्बा निर्णायक थिए ।

मोटोपनका कारण निराश भई बसेका महिलाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गर्न प्रतियोगिता गरिएको आयोजक संस्थाकी प्रियंका बोथ्राले बताइन् । उनले भनिन्, ‘प्रतिस्पर्धामार्फत समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेका छौं ।’ प्रतिस्पर्धीलाई आरती प्रधान र सपना राई एक महिनासम्म फोटो सेसन, शारीरिक फिटनेस, व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए । संस्थाका प्रबन्ध निर्देशक डेभिलसिंह राजपुतले अधिकांश सौन्दर्य प्रतियोगिताले अविवाहित र पातलो शारीरिक बनावट भएकालाई मात्र स्थान दिँदै आएकोमा शारीरिक रूपमा मोटा र विवाहित महिलालाई आफूहरूले स्थान दिएको जनाए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अभिनेता बरुण धवनको सानी आमाको निधन

  • १२ जेठ, २०७७

मुम्बई । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नको लागि भारतमा पनि लामो समयदेखि लकडाउन जारी छ ।  यस्तो अवस्थामा बलिउका अधिकांश

बलिउड अभिनेता किरण कुमारलाई कोरोना संक्रमण

  • १२ जेठ, २०७७

काठमाडौं । बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  गत १४ मेमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ

सलमानको फिल्म ‘रेडी’ का कलाकार मोहित बघेलको निधन 

  • ११ जेठ, २०७७

एजेन्सी । बलिउड स्टार सलमान खानको फिल्म ‘रेडी’ मा अमर चौधरीको भूमिका निर्वाह गर्ने मोहित बघेलको निधन भएको छ । उनको शनिबार बिहान २७ वर्षको