• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:45 pm

महोत्सवमा उत्कृष्ट कलाकार पुरस्कृत

काठमाडौं । सिर्जनात्मक कलाका विविध विधा समेटिएको ‘सिर्जनात्मक कला महोत्सव’ सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजना तथा नेपाल कार्टुनिस्ट क्लब, आइडब्बुएस नेपाल तथा विन्दु आर्ट स्पेस फर आर्टिस्टको संयोजनमा चारदिनसम्म महोत्सव चलेको थियो । विभिन्न कार्यक्रमका विजेता चित्रकारलाई पुरस्कृत गर्दै आइतबार महोत्सव सम्पन्न गरिएको कार्यक्रम संयोजक रमेशनाथ खनालले जानकारी दिए । 

महोत्सवअन्तर्गत प्रतियोगितात्मक कार्टुनकलातर्फ मञ्जु शर्मा प्रथम, दिपेन लिम्बू दोस्रो र क्रिष्टोफरमान सिंह तेस्रो भए । चित्रकलातर्फ ६० चित्रकारमध्ये रोशन विक प्रथम, कृष्णगोपाल श्रेष्ठ दोस्रो र शशांक रञ्जित तेस्रो भए । यस्तै, परफरमेन्स आर्टमा मुना भडेल प्रथम, प्रमिला लामा दोस्रो तथा त्रिष्टोफरमान सिंह तेस्रो भए । हरेक विधाका बिजेतालाई नगद क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवमा कार्टुनकला र परफर्मेन्स आर्ट प्रतियोगिता प्रतिष्ठान परिसरमा गरिएको थियो । त्यस्तै, ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’ काठमाडौंको हनुमानढोकामा भएको थियो । उक्त सन्दर्भमा कला फोटोग्राफीसम्बन्धी पुस्तक लेख्न प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारलाई जिम्मा दिइएको आयोजकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राजू मास्टरको फेसबुक ह्याक हुँदा बल्छीले मागे माफी

  • ११ फाल्गुण, २०७५

काठमाडौं ।  मेरी बास्सैका निर्देशक राजु पौडेल (राजू मास्टर) को फेसबुक आईडी ह्याक भएको छ ।  फेसबुक आईडी कहाँबाट कसले ह्याक गर्यो भन्ने बारेमा

किन बनिन् कंगना ट्रोलको सिकार (भिडियोसहित)

  • ११ फाल्गुण, २०७५

काठमाडाैं । फिल्म  ‘मणिकर्णिका’ एक सिन आउट हुँदा फिल्मकी अभिनेत्री कंगना रनावत ट्रोलको सिकार बनेकी छन् । यो फिल्मलाई उनलेनै निर्माण, निर्देशन

 पत्रिकामा बेरिएकी बलिउड अभिनेत्री अदा शर्मा (फोटोफिचर)

  • ११ फाल्गुण, २०७५

मुम्बइ । बलिउड अभिनेत्री अदा शर्मा आफ्नो फिल्मको कारण भन्दा बढी आफ्नो बोल्ड लुकका कारण चर्चामा आइरहन्छिन् ।  केही दिन अगाडी मुम्बइमा आयोजित फेमिना