२५३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार बोलकबोल मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

ट्रेजरी बिल खरिद गर्नका लागि सोमबार २ बजेभित्र अनलाइन बोलकबोलमा सहभागी हुनुपर्नेछ । यो ट्रेजरी बिल मंगलबार जारी हुनेछ ।  

राष्ट्र बैंकले ९१ दिनको लागि २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल २०७६ वैशाख ३१ गते परिपक्क हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर