• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

डीपीएल ३ :  काठमाडौं गोल्डेन्सको विजयी सुरुवात, धनगढी ४ विकेटले पराजित

धनगढी । काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा साविकको विजेता धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमपाल कामीको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्याे ।

काठमाडौंका लागि अंकित दबासले २९ रन जोड्दा ओपनर गौरब तमोरले २८ रन बनाए । यस्तै अनिल कुमार साहले २४ रन जोडे । यस्तै बिक्रम कुमार भुसाल १४ रनमा अविजित रहदा महेबुब आलमले अविजित १२ रन बनाए । 

धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए । बिपिन खत्री र अमिर हायतले १÷१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो ।खराब सुरुवात गरेको धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाए । अमितले ५० बलमा ५० रन जोडेर आउट भए ।

अमित तेस्रो संस्करणको डीपीएलमा बनाउने पहिलो खेलाडी बने । मात्र ६ रन जोड्दा ओपनर रोहन मुस्तफा र सुनील धमलालाई गुमाएको धनगढीका लागि अमितले तेस्रो विकेटका लागि सन्दीप रजाईलीसंग मिलेर ५२ रनको साझेदारी गरे । 

सन्दीप २८ रनमा आउट भए । यस्तै सौरभ खनालले अविजित २५ रन जोड्दा पवन सर्राफले १९ रन बनाए । धनगढीका सुनिलले ३ रन जोड्दा रोहन सुन्य रनमा आउट भए । काठमाडौंका नन्दन यादबले २ विकेट लिए । ललित नारायण राजवंशी र अंकित दबासले १-१ विकेट लिए ।

जितसंगै काठमाडौंले २ अंक जोडेको छ । साविकको बिजेता धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ  । अब काठमाडौंले बुधबार महेन्द्रनगर युनाइटेडसंग खेल्नेछ । यस्तै धनगढीले मंगलबार सिवाईसी अत्तरियासंग खेल्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर