• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रधानमन्त्रीसंग निरन्तर छलफल भइरहेको छ, कुनै समस्या छैन : प्रचण्ड (भिडियोसहित)

सिराहा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसंग आफ्नो निरन्तर छलफल भइरहेको स्पष्ट पारेका छन् । सोमबारसिराहाको महनौरमा स्वास्थ्य चौकी भवन उद्घघाटन गर्दे उनले भने , 'मेरो आज बिहान पनि प्रधानमन्त्रीसंग छलफल भएको छ, बेलुका हामी संगै अख्तियारको कार्यक्रममा जान्छौ । पार्टीको अध्यक्षको हैसियतले प्रधानमन्त्रीसंग निरन्तर भेट भइरहेको छ, कुनै दुविधा छैन ।'

उनले जनताको समस्यालाई सम्बोधन गर्नका लागी  प्रधानमन्त्री र आफुबिच पार्टी  र सरकार दुवैलाई सशक्त ढंगले अघि बढाउने छलफल भएको समेत बताए । उनले संविधान संसोधन गर्दे सबै समूदायको हक अधिकार स्थापित गरिने उल्लेख गरे । 

सिराहालाई आपको जोन घोषणा गर्ने र धानको सुपरजोन बनाउनुपर्नेमा आफ्नो जोड रहेको भन्दै उनले मधेश आफ्नो माइती भएको टिप्पणी गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर