• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 09:54 pm

दक्षिण कोरियाः पूर्वप्रधान न्यायाधीशमाथि शक्तिको दुरुपयोग गरेको आरोप

सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनी विरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ । 

सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो । अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ । 

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतका अरु दुई जना अवकाशप्राप्त न्यायाधीशहरु पार्क बायाङ–डाई र को योङ–हान का विरुद्ध समेत अभियोग लगाएका छन् । उनीहरुलाई भने प्रहरी थुनामा राखिएको छैन । 

प्रधान न्यायाधीश याङमाथि मुख्यतः पूर्व राष्ट्रपति पार्क गिउन–हे को सरकारमाथि जानाजान छुटहरू दिएको आरोप छ । उनी सन् २०११ देखि २०१७ सम्म दक्षिण कोरियाको प्रधान न्यायाधीश थिए । 

दक्षिण कोरियाको न्यायिक इतिहासमै पक्राउ पर्ने याङ पहिलो वरिष्ट न्यायाधीश हुन् । उनिमाथि अब फौजदारी अभियोगमा सुनुवाई हुनेछ । 

अभियोजन अधिकारीहरुले सर्वोच्च अदालतमा रहेको राष्ट्रिय अदालत प्रशासन (एनसीए)को प्रयोग गरी याङले पूर्व राष्ट्रपतिका पक्षमा महत्वपूर्ण राजनीतिक प्रकृतिका मुद्दाहरुको सुनुवाईमा प्रभाव पार्ने गरेको बताएका छन् । 

याङले भने ती आरोपको खण्डन गरेका छन् । 

सर्वोच्च अदालतबाट भएका न्यायिक घोटालाले मुलुकमै खैलाबैला मच्चिएको थियो । यी घटनाक्रमले न्यायिक क्षेत्रमाथि अभूतपूर्व जाँचको अवस्था निम्त्याएको थियो । 

प्रश्न उब्जिएको एउटा सुनुवाईमा जापानले जबर्जस्ती काममा लगाएका पीडित कोरियालीले दायर गरेको मुद्दाको सुनुवाईमा विवादास्पद रुपमा ढिलाई गरेको आरोप छ । 

अभियोजनकर्ताहरुले याङ र उनका अधिकारीहरुले जानाजान अदालतको बहसमा ढिलाई गरेको बताएका छन् । टोकियोसँग मित्रवत सम्बन्ध स्थापना गर्न इच्छुक पूर्व राष्ट्रपतिलाई अनुकूल हुनेगरी मुद्दाको सुनुवाई गरेको याङमाथि आरोप छ । 

सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश कीम मियोङ–सूले गत वर्ष अक्टोबर र नोभेम्बरमा पीडितको पक्षबाट अन्तिम आदेश दिइसकेका छन् । 

अभियोजनकर्ताहरुले एनसीएका उपप्रमुख लीम जोङ–हुनमाथि पनि सोमबार अरु आरोप दर्ता गरेका छन् । लीममाथि पूर्व राष्ट्रपति पार्कको सरकारको पक्षमा फैसलाहरु गराउने तथा त्यसो गर्न अस्वीकार गर्ने न्यायाधीशको सरुवा गर्ने गरेको आरोप छ । 

अभियोजनकर्ताहरुले शक्तिको दुरुपयोगको आरोपमा अरु पनि न्यायाधीशमाथि अभियोग लगाउने सम्भावना रहेको बताएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आक्रमणमा २५ लडाकू मारिए

  • ७ भदौ, २०७६

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका

नोटवन्दीका योजनाकार भाजपा नेता अरुण जेट्ली बच्चालाई खाेजी खर्च पनि चेकबाटै दिन्थे 

  • ७ भदौ, २०७६

एजेन्सी । भारतीय जनता पार्टीका प्रमुख नेता तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिवार ६६ वर्षको उमेरमा स्थानियसमय अनुसार मध्यान्ह १२ बजेर ७ मिनेटमा

उत्तर कोरियाले फेरी लञ्च गर्यो दुई वटा ‘ब्यालेस्टिक मिसाइल’

  • ७ भदौ, २०७६

एजेन्सी । उत्तर कोरियाले शनिवार फेरी दुई वटा सानो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । स्थानीय समयअनुसार शनिबार बिहान दक्षिण हामयोङ