• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 07:08 pm

वैदेशिक लगानी भत्र्याउन नदिने तत्वहरु सक्रिय भए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक लगानी भित्र्याउन नदिने तत्वहरु सक्रिय भएको बताएका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोलदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । 

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताए । उनले यो समय जनताको अपेक्षाअनुसार काम गर्ने आधार तय भइरहेको पनि बताए । जनतलाई निराश बनाउने अनुचित उद्देश्य बोकेका व्यक्तिहरुले अनुपयुक्त प्रयास गरिरहेको दावी समेत गरेका छन् । 

उनले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संशोधन गर्ने व्यवस्था हुँदाहुँदै    जनतामा फेरि अन्योल सिर्जना गर्ने काम भइरहेकामा चिन्ता प्रकट गरे । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चैत्त दोस्रो साता हुन गइरहेको लगानी सम्मेलन भाँड्न विभिन्न तत्वहरु लागिपरेको बताए । विगतको भन्दा उन्नत र फराकिलो लोकतन्त्रमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अहिले ल्याएको लोकतन्त्रले नयाँ बाटो खोजेर नयाँ युगमा नेपाललाई प्रवेश गराएकाले अहिले लोकतान्त्रिक अभ्यासअनुसार देश अगाडि बढ्न थालेको छ’ उनले भने । 

अहिले पनि धेरै चुनौती आएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘केही दिन अघि मात्रै अरुण तेस्रोको मेशिन जलाउने र कार्यालयमा क्षति पु¥याउने काम भयो, यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नु हुनुहुँदैन, ऊर्जा उत्पादन गर्नु हुँदैन, वैदेशिक लगानी आउनुहुँदैन र विकास गर्न हुँदैन भन्ने उद्देश्यअन्तर्गत नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक क्रियाकलाप हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन ।’

‘जनता आफ्नो इच्छा आकाङ्क्षा प्रकट गर्न सक्छन्, जनता सार्वभौम छन्, त्यो नै सत्य हो, त्यस कारण अरु प्रवृत्तिसँग अल्झिनु हुन्न’, प्रधानमन्त्रीले भने ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

८० वर्ष पुगेका वृद्धवृद्धालाई सम्मान !

  • ११ फाल्गुण, २०७५

चितवन । चाउरी परेका गाला, एक हातमा सानो लौरीको साहारा अर्काे हातको पाखुरी नातीले समाएर डोराउदै गर्दा ९४ वर्षका धनप्रसाद ढकालको अनुहार उज्यालो भएको छ ।

अहिलेको मूल ऐजेण्डा नै आर्थिक समृद्धि : पूर्वप्रधानमन्त्री नेपाल

  • ११ फाल्गुण, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिएका छन् । नेपाल

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

  • ११ फाल्गुण, २०७५

काठमाडौं । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा