• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

प्रजातन्त्र दिवस मूल समारोह समिति गठन : राष्ट्रपति प्रमुख अतिथि, प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं । आगामी फागुन ७ गते ६९ औं प्रजातन्त्र दिवस मनाउन सरकारले मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबास्थित गृह मन्त्रालयमा बसेको बैठकले समिित गठन गरेको हो । 

त्यस्तै, सरकारले मूल समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहेका छन् । 

मूल समारोह काठमडौंको टुँडिखेलमा हुने छ । जसमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी रहने छिन् । उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहे सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 


बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको जानकारी दिए । प्रजातन्त्र दिव हरेक वर्ष विशेष कार्यक्रमका साथ मनाँइदै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर