• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बच्चा जन्माए ऋण माफ हुने र कर नलाग्ने

एजेन्सी । हंगेरीका प्रधानमन्त्रीले जो महिलाहरुले ४ वा सोभन्दा बढी बच्चा जन्माउँछन्, उनीहरुलाई जीवनभर आयकरमा छुट गरिने बताएका छन् । 

देशमा शिशु जन्मदर बढाउने योजनाको घोषणा गर्दै प्रधानमन्त्री भिक्टर आर्बनले आप्रवासी माथि निर्भरतालाई घटाउन र हंगेरीको भविष्य बचाइराख्नका लागि यही एक तरिका भएको बताएका छन् । 

हंगेरीको जनसंख्यामा प्रत्येक वर्ष ३२ हजारले कम आइरहेको छ र युरोपेली संघको तुलनामा हंगेरीको माहिलाहरुको प्रजननको औसत संख्या पनि कम छ । 

उपायको रुपमा त्यहाँका युवा जोडीलाई करिब २६ लाख रुपैयाँ बिना ब्याज दिइनेछ र उनीहरुको तीन सन्तान हुने बित्तिकै यो ण माफी गरिनेछ । 

प्रधानमन्त्री आर्बनले पश्चिमा देशले आप्रवासीहरुलाई कम जनसंख्याको समस्याको उपायको रुपमा हेर्ने गरेको बताएका छन् । 

‘हरेर मृत्त बच्चाका लागि एक बच्चा आउनु आवश्यक हुन्छ र यसरी जनसंख्या सन्तुलनमा रहन्छ’, उनले भने, ‘हंगेरीका नागरिक अर्को तिर सोच्छन् । हामीलाई संख्या होइन नागरिकको आवश्यकता छ ।’

जुन समय प्रधानमन्त्री आर्बन राष्ट्रलाई संबोधन गरिरहेका थिए, देशको राजधानी बुडापेस्टमा उनको यी नीतिहरु विरुद्ध वकालत गरिँदै थियो । 

प्रधानमन्त्री कार्यलय अगाडि करिब दुई हजार प्रदर्शनकारीले यस नीतिलाई फिर्ता लिन माग गरिहेका थिए भने राजधानीको अर्को भागमा पनि यस विरुद्ध आन्दोलन भइरहेको थियो । 

संवाददाताका अनुसार, प्रधानमन्त्री आर्बनको भाषणलाई त्यसबेला बढी प्रशंसा मिल्यो, जब उनले जन्मदर बढाउनका लागि सात सुत्री योजना घोषणा गरे । 

उनको अन्य योजनामा, आगामी तीन वर्षमा २१ हजार बढी नर्सरी बनाउने, देशको स्वास्थ्य व्यवस्थामा अतिरिक्त २.५ अर्ब डलर खर्च गरिने, घरमा सब्सिडी दिने र सरकारले जसले सात सिट भएको गाडी किन्छ, उसलाई मद्दत गर्ने छन् । 

हंगेरीमा महिलाको प्रजनन दर १.४५ छ, जसलाई युरोपेली संघको औसत १.५८ भन्दा निक्कै कम मानिन्छ । 

यस सम्बन्धमा युरोपेली संघमा फ्रान्स सबैभन्दा अगाडी छ, जहाँको महिलाको औसत प्रजनन दर १.९६ छ, भने यस सुचीमा स्पेन सबैभन्दा तल छ, जहाको महिलाको औसत बच्चा १.३३ छ ।

विश्वभरमा सबैभन्दा बढी प्रजजन दर पश्चिम अफ्रिकाकी देश नाइजर हो, जहाँ प्रति महिला ७.२४ छ । बिबीसी हिन्दी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर