• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हरेक वर्ष यति कार्पेटमा किन हुन्छ आगलागी ?

ललितपुर भैंसेपाटीस्थित यति कार्पेट गोदाममा भएको आगोलागीबाट करिब साँढे ४ करोडको क्षति भएको दावी

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित यति कार्पेट गोदाममा आगलागी भएको छ । दिउँसो १ बजेर १० मिनेटमा भएको आगोलागीबाट करिब साँढे ४ करोडको क्षति भएको प्रहरीले जनाएको छ । 

ललितपुर प्रहरी प्रभागका अनुसार यति कार्पेटको गोदाममा आगलागी भएको हो । आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोदाममा कार्पेट तथा मयाट्रेस राखिएको थियो । आगलागी के कारणले भएको भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लाे वर्ष असार ४ गते शनिबार भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा आगलागी भएकाे थियाे । यति कार्पेट इन्डस्ट्रिजका संचालक अनिल केडियाले गतवर्ष ६० कराेड बराबरकाे क्षेति भएकाे दावी गरेका थिए । दुर्ङटनामा भएकाे कूल क्षेतीबाट ४० प्रतिसत इन्स्याेरेन्सबाट पूर्ती हुने व्यवस्था छ ।

गत वर्षकाे आगलागी

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर