• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजिनामा (राजिनामा पत्रसहित)

राजिनामाका लागि सिंगो केन्द्रीय समिति नै लागेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजिनामा दिएका छन् । आफ्नो राजिनामाका लागि सिंगो केन्द्रीय समिति नै लागेकोले आफूले स्वतः राजिनामा दिन लागेको उनले बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा उनले अफ्नो राजिनामापत्र पढेर सुनाएका थिए । उनी सोमबार नै राजिनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर बुझाएका हुन् । 

आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजिनामाका लागि सिंगो केन्द्रीय समिति नै लागेको आरोप लगाए । निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेको भन्दै महरको असन्तुष्टि रहेको थियो । गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर