• शनिबार ११-१०-२०७६/Saturday 02-22-2020/ 01:45 pm

एकसाता पछि फेरियो नेप्सेको रंग

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सुचक १ दशमलव ३४ अंकले बढेर १ हजार १ सय २८ दशमलव ८६ को बिन्दुमा कारोबार बन्द भएको छ । 

गतसाताको मंगलबार सामान्य बढेको नेप्से त्यसयता भने निरन्तर घटिरहेको छ । गतसाताको साताको पहिलो दिन आइतबार नेप्से ८ दशमलव ५१ अंकले घटेको थियो त्यस्तै सोबार ८ दशमलव ८५ अंकले घटेको थियो । त्यस्तै तेस्रो दिन मंगलबार भने नेप्से सुचकमा २ दशमलव ८३ अंकको बढोत्तरी आएको थियो । त्यस्तै बुधबार ७ दशमलव ३८ अंक र बिहीबार शुन्य दशमलव १५ अंकले घटेको थियो । 

त्यस्तै यो साताको पहिलो दिन आइतबार नेप्से १२ अंकले ओर्लिएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६६ कम्पनीको २० करोड २७ लाख १४ हजार २२ रुपैयाँको ६ लाख ८७ हजार ३३६ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अपर माथिल्लो तामाकोशीको सेयर किनबेच भएको छ । कम्पनीको एक करोड ४० लाखरुपैयाँ बढीको सेयर किनबेच भएको छ । 

सोमबार कारोबारमा आएका अधिकांश समूहमा बढोत्तरी भएको छ । यसदिन बैंकिङ र उत्पादन तथा प्रशोधन समूहका सुचक घटेका छन् । त्यस्तै जीवन बीमा, निर्जीवन बीमा समूह, लघुवित्त समूह, फाइनान्स समूह, होटल, जलविद्युत र अन्य समूहका सुचक बढेका छन् । 

आज सर्वाधिक कमाउनेमा चौतारी लघुवित्तका सेयरधनी रहेका छन भने सर्वाधिक गुमाउनेमा वरुण हाइड्रो पावरका लगानीकर्ता रहेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एन आई सी एशियामा खाता खोल्दा २ लाख भन्दा बढी फाइदा

  • ८ फाल्गुण, २०७६

काठमाडौं । बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला ? आफ्नो बचतको उच्चतम ब्याजदर उनीहरूको पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर, एन आई सी

रोल्पामा पहिलो लगानी सम्मेलन हुँदै

  • ८ फाल्गुण, २०७६

रोल्पा । रोल्पा नगरपालिकाले यही फागुन  १४ र १५ गते  लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को

आज पनि बढ्यो सुनको भाउ, अहिलेसम्मकै धेरै

  • ८ फाल्गुण, २०७६

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । विहीबार सुन तोलाको ७७ हजार ६ सय कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै