• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 10:21 pm

एकसाता पछि फेरियो नेप्सेको रंग

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सुचक १ दशमलव ३४ अंकले बढेर १ हजार १ सय २८ दशमलव ८६ को बिन्दुमा कारोबार बन्द भएको छ । 

गतसाताको मंगलबार सामान्य बढेको नेप्से त्यसयता भने निरन्तर घटिरहेको छ । गतसाताको साताको पहिलो दिन आइतबार नेप्से ८ दशमलव ५१ अंकले घटेको थियो त्यस्तै सोबार ८ दशमलव ८५ अंकले घटेको थियो । त्यस्तै तेस्रो दिन मंगलबार भने नेप्से सुचकमा २ दशमलव ८३ अंकको बढोत्तरी आएको थियो । त्यस्तै बुधबार ७ दशमलव ३८ अंक र बिहीबार शुन्य दशमलव १५ अंकले घटेको थियो । 

त्यस्तै यो साताको पहिलो दिन आइतबार नेप्से १२ अंकले ओर्लिएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६६ कम्पनीको २० करोड २७ लाख १४ हजार २२ रुपैयाँको ६ लाख ८७ हजार ३३६ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अपर माथिल्लो तामाकोशीको सेयर किनबेच भएको छ । कम्पनीको एक करोड ४० लाखरुपैयाँ बढीको सेयर किनबेच भएको छ । 

सोमबार कारोबारमा आएका अधिकांश समूहमा बढोत्तरी भएको छ । यसदिन बैंकिङ र उत्पादन तथा प्रशोधन समूहका सुचक घटेका छन् । त्यस्तै जीवन बीमा, निर्जीवन बीमा समूह, लघुवित्त समूह, फाइनान्स समूह, होटल, जलविद्युत र अन्य समूहका सुचक बढेका छन् । 

आज सर्वाधिक कमाउनेमा चौतारी लघुवित्तका सेयरधनी रहेका छन भने सर्वाधिक गुमाउनेमा वरुण हाइड्रो पावरका लगानीकर्ता रहेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल राष्ट्र बैंकले छ अर्बको ऋणपत्र बिक्री गर्दै

  • ७ जेठ, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र

बजेट : वनका यी तीन क्षेत्र विशेष प्राथमिकतामा

  • ७ जेठ, २०७६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ बजेट निर्माणको काम तीव्र गतिमा बढाएको छ । विशेषगरी अर्थमन्त्रालयका सबैजसो ढोका बन्द छन् यतिबेला

सेयर लगानीकर्ताको रोजाइमा नबिल र शिवम सिमेन्ट

  • ७ जेठ, २०७६

काठमाडौं । साताको तेश्रो दिन मंगलबार सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । आज नेप्से सुचक ४ दशमलव ४२ अंकले बढेर एक हजार ३ सय १२ दशमलव १४ को बिन्दुमा