एकसाता पछि फेरियो नेप्सेको रंग
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सुचक १ दशमलव ३४ अंकले बढेर १ हजार १ सय २८ दशमलव ८६ को बिन्दुमा कारोबार बन्द भएको छ ।
गतसाताको मंगलबार सामान्य बढेको नेप्से त्यसयता भने निरन्तर घटिरहेको छ । गतसाताको साताको पहिलो दिन आइतबार नेप्से ८ दशमलव ५१ अंकले घटेको थियो त्यस्तै सोबार ८ दशमलव ८५ अंकले घटेको थियो । त्यस्तै तेस्रो दिन मंगलबार भने नेप्से सुचकमा २ दशमलव ८३ अंकको बढोत्तरी आएको थियो । त्यस्तै बुधबार ७ दशमलव ३८ अंक र बिहीबार शुन्य दशमलव १५ अंकले घटेको थियो ।
त्यस्तै यो साताको पहिलो दिन आइतबार नेप्से १२ अंकले ओर्लिएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६६ कम्पनीको २० करोड २७ लाख १४ हजार २२ रुपैयाँको ६ लाख ८७ हजार ३३६ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अपर माथिल्लो तामाकोशीको सेयर किनबेच भएको छ । कम्पनीको एक करोड ४० लाखरुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
सोमबार कारोबारमा आएका अधिकांश समूहमा बढोत्तरी भएको छ । यसदिन बैंकिङ र उत्पादन तथा प्रशोधन समूहका सुचक घटेका छन् । त्यस्तै जीवन बीमा, निर्जीवन बीमा समूह, लघुवित्त समूह, फाइनान्स समूह, होटल, जलविद्युत र अन्य समूहका सुचक बढेका छन् ।
आज सर्वाधिक कमाउनेमा चौतारी लघुवित्तका सेयरधनी रहेका छन भने सर्वाधिक गुमाउनेमा वरुण हाइड्रो पावरका लगानीकर्ता रहेका छन् ।
प्रतिकृया दिनुहोस