• बिहीबार १-१२-२०७६/Thursday 04-25-2019/ 06:38 pm

ट्रम्प–किम शिखर वार्ताप्रति आशावादी दक्षिण कोरिया  

सियोल । दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ । 

दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका छन् । 

रियलमिटर संस्थाले गरेको उक्त सर्वेक्षणमा सहभागीमध्ये ३५ प्रतिशतले उत्तर कोरियाको आणविक समस्या सुल्झने कुरामा विश्वास नरहेको बताएका छन् । उनीहरुले यो वार्ताले उत्तर कोरिया र अमेरिकाबीचको पारस्परिक सम्बन्धलाई अझ कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

अमेरिकी प्रशारण संस्था सिबीएसका निम्ति गरिएको उक्त सर्वेक्षणमा दक्षिण कोरियाका ५०१ जना वयस्क व्यक्तिलाई प्रश्न सोधिएको थियो । रियलमिटरले सर्वेक्षणलाई जतिसक्दो भरपर्दो बनाउने प्रयास गरिएको जनाएको छ । 

दक्षिणपन्थी लिबर्टी कोरिया पार्टीका समर्थकहरुले भने वार्ताबाट खासै प्रगति नहुने बताएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सामानको मूल्य बढ्ने भन्दै ‘मर्जर’ रोकियो

  • १२ बैशाख, २०७६

लन्डन । बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने ९मर्जर० निर्णयलाई बिहीबार खारेज गरिदिएको छ ।  सामानको मूल्य बढ्ने र

सुडान सङ्कट  : तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी

  • १२ बैशाख, २०७६

एजेन्सी । सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर उनीहरुको राजीनामा स्वीकृत हुन

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेताबीच भेटवार्ता

  • १२ बैशाख, २०७६

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ । रुसी