• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आइसीसी वरियता : पारस,साेमपाल, बसन्त र सन्दीपकाे फड्काे

पारस पहिलो पटक ४० औं स्थानमा

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइससी) नयाँ वरीयतामा ठूलो फड्को मारेका छन् । आइसिसीले जारी गरेको नयाँ टि– २० क्रिकेट वरीयतामा नेपालका क्रिकेटर पारस  टप ४० मा परेका छन् । उनी पहिलोपटक आइसीसी वरियताको ४० औं स्थानमा आइपुगेका हुन् । 

अलराउण्डरको विधामा उनी ७६ रेटिङ साथ ४० औं स्थानमा उक्लेका हुन् । ब्याटिङतर्फ भने कप्तान पारस ९० औं स्थानमा छन् । 

यस्तै, बलिङतर्फ सोमपाल कामीले पनि ठूलो छलाङ मारेका छन् । कामीले टी–२० क्रिकेटको बलिङमा २२ स्थान उक्लिएका छन् । उनी अहिले ७० औं स्थानमा आइपुगेका हुन्। यसअघि उनी आइसीसीको ९२ औं स्थानमा रहेका थिए । सोमपालले ४०९ रेटिङ अंक पाएका छन् । सोमपाल अलराउण्डरतर्फ पनि ५१ औं स्थानमा छन् ।

त्यस्तै, बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि वरियता सुधार गरेका छन् । उनी ७१ औं स्थानमा छन् । त्यस्तै, आईसीसीका अनुसार सन्दीप लामिछानेले पनि वरियतामा ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन् ।

आइसिसीको नयाँ वरीयताअनुसार ब्याटिङमा बाबर आजम, बलिङमा राशिद खान र अलराउन्डरतर्फ ग्लेन म्याक्सवेल सबैभन्दा शीर्ष स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर