प्रदेश प्रमुख भन्छन्– विधिको शासनबाटै सुशासन कायम गर्नुपर्छ

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाटै सुशासन कायम गर्न सकिने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आयोगले कानून अनुरुप यो वा त्यो नभनी शुद्ध आचारणका साथ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औंँल्याए ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले प्रत्येक राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्वलाई आत्मसात गरी काम गर्न सके मात्र जनताले अपेक्षित सुविधा पाउने धारणा राखे ।

आयोग पोखरा कार्यालय प्रमुख काशीराज दाहालले भ्रष्टाचार नियन्त्रणमा सबैको साथ र सहयोग अपरिहार्य हुने धारणा राखे । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले भ्रष्टाचाररहित समाजको निर्माणका लागि आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर