• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । 

एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बढ्दै गएको महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

‘यस पटकको दिवसमा सन्देश मूलक सामग्रीलाई स्थानीय तहसम्म पु¥याउनुपर्छ, त्यसका लागि सबै तहबाट सहयोगको अपेक्षा गर्दछु’, मन्त्री थापाले भनिन् ।

मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले अन्तर्राष्ट्रिय नारी दिवसका सन्देश प्रचारप्रसार गर्न आमसञ्चार माध्यमसँग आग्रह गरे । बैठकमा सहभागी विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिले यस दिवसलाई विगतका भन्दा फरक ढङ्गबाट मनाउन सुझाव दिए ।

्फ्रान्सको राज्य क्रान्तिका बेला ग्रीसकी महिला लाईसिसट्राको नेतृत्वमा पहिलोपटक पटक आयोजित महिला आन्दोलनलाई स्मरण गर्दै सन् १९१० मार्च ८ तारिखबाट यो दिवस मनाउन थालिएको हो । 

त्यस दिन चीन र ब्राजिललगायत अन्य देशका महिलले पनि महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विभेद हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर